२०८२ असोज ७ गते मङ्गलवार / Sep 23 , 2025 , Tuesday
२०८२ असोज ७ गते मङ्गलवार
Ads

कानुन नागरिकले बुझ्नेगरी स्पष्ट भाषामा लेखिनेछः मन्त्री सिन्हा

shivam cement
मध्यान्ह
२०८२ असोज ७ गते १७:२२
कानुन नागरिकले बुझ्नेगरी स्पष्ट भाषामा लेखिनेछः मन्त्री सिन्हा

काठमाडौंः नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । 

मंगलवार दिउँसो सिंहदरबारस्थित कार्यकक्षमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनले पदभार ग्रहण गर्दै कानुन निर्माण प्रक्रिया सहज बनाउँदै नागरिक बुझ्नेगरी स्पष्ट भाषामा लेख्ने निर्णय गरे । उनले जेनजी पुस्ताको मागअनुसार मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नको लागि कानुनहरुमा आवश्यक संशोधन गरिने बताए । उनले समयमै निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कानुन निर्माण र सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले भने ‘जेनजी पुस्ताले उठाएको मुख्य विषयवस्तु नै सुशासन, भ्रष्टाचारमुक्त राष्ट्र र मुलुकमै काम गर्ने अवसर हो । अहिले जुनजुन तहबाट प्रश्न उठेका छन् ति सबै विषयहरुलाई क्रमशः सम्बोधन गर्दै लैजानुपर्ने विषयवस्तुहरु हुन् । हामी सबैले प्रष्ट रुपमा बुझ्नुपर्छ यो चुनावी सरकार नै हो । हामीले जसरी पनि तोकिएको समयमा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने अवस्था छ । त्यसका लागि आवश्यक पर्ने केही कानुनी विषयहरु छन् । ती विषयहरुमा केही संशोधन गर्नुपर्ने अवस्था छ । त्यसकारण निर्वाचन गराउनको लागि अध्यादेशमार्फत भएपनि आवश्यक पर्ने कानुनहरु संशोधन गर्छौं । पहिलो निर्णयका रुपमा कानून निर्माण गर्ने प्रक्रिया, शैली, भाषाको सुधार गरेर नागरिकले स्पष्टसँग बुझ्ने बनाउने पहिलो निर्णय पनि गरेका छौं ।’

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise