२०८१ पुष १२ गते शुक्रवार / Dec 27 , 2024 , Friday
२०८१ पुष १२ गते शुक्रवार
Ads

डब्बु, जुगल र केन्जुमाको ‘तिमीसँग बोल्न’ सार्वजनिक

ADV
मध्यान्ह
२०८१ भदौ ३१ गते १९:३९
डब्बु, जुगल र केन्जुमाको ‘तिमीसँग बोल्न’ सार्वजनिक

काठमाडौं : गत महिना मात्र ओएसआर डिजिटलबाट आफ्नो नयाँ गीत ‘बजाइ देउ न बाजा’ दर्शकमाझ ल्याएका गीतकार डब्बु क्षत्री यतिबेला अर्को गीतको भिडियो लिएर दर्शकमाझ आएका छन् । उनले आधुनिक गीत ‘तिमीसँग बोल्न मन लाग्यो’को भिडियो आइतबार सार्वजनिक गरेका हुन् । 

यो गीतमा संगीतकार जुगल डंगोलको संगीत र गायिका केन्जुमा सुब्बाको स्वर रहेको छ । बिन्ध्यवासिनी म्युजिकको आधिकारिक युट्युब च्यानलबाट यो गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । यसअघि निकै सुनिएको गीतलाई भिडियोमा ल्याउँदा खुसी लागेको गायिका केन्जुमा सुब्बाले बताइन् ।

काठमाडौंको पुतलीसडकस्थित आर्टुम्युज रकेर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यो गीतको संगीत संयोजन पनि जुलगले नै गरेका हुन् ।

यो गीत सात वर्षअघि रेकर्ड गरिएको थियो । तर यसको भिडियो बनेको थिएन । त्यतिबेला डब्बु क्षत्रीको गीतिसंग्रह ‘गुलाबी स्वरहरु’मा यो गीत समेटिएको छ । यसलाई यतिबेला रि मिक्सिङ गरेर भिडियोको रुपमा बजारमा ल्याईएको गीतकार क्षत्रीले बताएका छन् । यो गीतको रचनासँगै भिडियोको निर्देशन पनि डब्बु क्षत्रीले गरेका छन्, ‘पुनः मिक्सिङ गरेर हामीले यसलाई ल्याएका हौं । गीत अनुसारको भिडियो बनाइएको छ,’ गीतकार क्षत्रीले भने । 

गीतमा युगल जोडीको प्रेम आसक्तिको बयान गरेकाले भिडियोमा पनि सोही भावलाई समेटिएको गीतकार डब्बु क्षत्रीले बताएका छन् । भिडियोमा ब्युटीसियन ट्यालेन्ट नेपाल २०२४ की विजेता शर्मिला बुढाथोकी र अभिनेता यसराज गराचले अभिनय गरेका छन् । यी दुईको अभिनय राम्रो छ । नयाँ भएर पनि शर्मिलाको अभिनयमा परिपक्ता देखिएको छ । 

यो गीतको भिडियोलाई कृष्ण रसालले कोरियोग्राफी गरेका हुन् । प्रविण सुवेदीद्वारा छायाँकन गरिएको भिडियोमा मेकअप पनि मोडल शर्मिला बुढाथोकी स्वयम्ले गरेकी हुन् । वीरेन्द्र भाट ‘विपिन’ र लोकेश भाटको सम्पादन तथा रंग संयोजन यो गीतको भिडियोमा रहेको छ । 

यो गीतको भिडियोलाई सर्लाहीको बागमती र नुनथर क्षेत्रमा छायाँकन गरिएको हो । सो क्षेत्रको प्राकृतिक सुन्दरता र कलाकारको कुशल अभिनयले भिडियो राम्रो बनेको प्रतिक्रिया दर्शकबाट आएको छ । ४२ डिग्रीको तापक्रममा यो गीतको भिडियो छायाँकन गरिए पनि कलाकार र प्राविधिकले राम्रो काम गरेको पनि निर्देशक क्षत्रीले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise