सुर्य प्रसाद भुसाल/मध्यान्ह
कपिलवस्तु : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेस सच्चिएको खण्डमा २०८४ को निर्वाचनमा बहुमत आउने बताएका छन् । विगतमा कांग्रेसलाई जनताले दिएको मतको सदुपयोग गर्न नसकेको बताउँदै अब जुनसुकै हालतमा भए पनि कांग्रेस एक हुनुपर्नेमा उनले जोड दिए ।
दोस्रो चरणको संवाद कार्यक्रम अन्तर्गत कपिलवस्तुको चन्द्रौटामा कपिलवस्तु तथा अर्घाखाँचीका कार्यकर्ताका गुनासो सुन्दै महामन्त्री थापाले देशलाई सही बाटोमा कांग्रेसले मात्र लैजान सक्ने भएकाले यसैमा सबै लाग्नुपर्ने बताए ।
उनले अब आउने निर्वाचनमा कांग्रेसका कार्यक्रताहरुलाई रुखबाहेक अन्य चिह्नमा भोट हाल्नु नपर्ने बताए । सरकारमा रहँदा पनि विसंगति तथा भ्रष्टाचारको विषयमा छानबिन गर्नुपर्ने आवाज उठाएको स्मरण गर्दै अहिले पनि छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने जिकिर गरे । अभियानका क्रममा धेरै नागरिकहरूको युवाहरू वैदेशिक रोजगारीप्रति चिन्तित रहेको पाएकोले कांग्रेसले सरकार बाहिर रहे पनि युवालाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्ने बताए ।
अबको निर्वाचनमा उम्मेदवार टुंगो लगाउने जिम्मेवारी स्थानीयहरुलाई दिने योजना रहेको बताए । निर्वाचन क्षेत्रका नागरिकहरूले जसलाई उपयुक्त ठान्छन् उसैलाई टिकट दिनुपर्ने जिकिर गरे । उम्मेदवारहरूलाई एक महिने कोर्ससमेत कांग्रेस सञ्चालन गर्ने थापाले बताए ।
थापाले कांग्रेसलाई फेरि सरकारमा फर्काउने प्रयास शुरु भएको बताउँदै कांग्रेस अब आफूले बहुमत नल्याएसम्म नजाने जिकिर गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies