दाङ : एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा अहिले पनि सत्ता गुमाउँदाको छटपटी रहेको टिप्पणी गरेका छन् ।
दाङमा सोमवार आयोजित कार्यक्रममा महासचिव पोखरेलले सत्ता गुमाउँदाको छटपटीमा परेर प्रचण्डले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बोलिरहेको आरोप लगाए ।
‘आज जसरी केपी ओलीविरुद्ध प्रचण्ड बोलिराखेका छन्, केपी ओलीले साथ दिँदाखेरी तिनको त्यो बोली कहाँ हराएको थियो ? प्रश्न त यसरी गर्नु पथ्र्यो नि जनताले,’ उनले भने ।
राप्रपाका राजेन्द्र लिङ्देनलाई चुनाव जित्न एमालेले साथ दिएको र अहिले लिङ्देन नै एमालेको विरुद्ध लागेको उनको भनाइ छ ।
‘आज राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ताको समग्र प्रहार केपी ओलीमाथि छ, एमालेमाथि छ । हिजो रवि लामिछानेलाई गृहमन्त्री हुनुपर्दा माग्ने ठाउँ एमाले थियो, केपी ओली हुनुहुन्थ्यो । आज केपी ओलीका विरुद्धमा प्रहार । अर्को त्यही राजेन्द्र लिङ्देनलाई चुनाव जित्न केपी ओलीको र एमालेको सहयोग चाहिने । आज प्रहारको निसाना एमाले पार्टी, केपी ओली । आज उनीहरू जे भन्दैछन्, त्यही सत्य हो भने त्यो बेला सहयोग किन मागेको’ प्रश्न गर्दै उनले भने ।
सरकार र एमालेविरुद्ध लगाइएको सबै आरोप भ्रमपूर्ण र आरोपका लागि आरोपमात्रै रहेको उनको भनाइ छ । पोखरेलले पार्टीले गरेको काम जनतामा पु¥याउन नसकेर स्थानीय तह चुनाव हार्नु परेको पनि बताए ।
नेपाली कांग्रेसले राप्ती नदी र बबई नदीको पुल भजाएर तीन÷चार पटक चुनाव जितेको दाबी गरे । तर, २०७४ पछि एमालेको पहलमा बनेको १ दर्जनभन्दा बढी पुलको बारेमा एमालेले जनतामाझ भन्न नसकेको र जस लिन नसकिएको उनको गुनासो छ ।