जाजरकोट : जाजरकोटको नलगाडा नगरपालिका–४ ले विवाहको लागि वडाको सिफारिस अनिवार्य गरेको छ ।
उमेर नपुगी हुने बालविवाह न्यूनीकरणको लागि यस्तो निर्णय गरिएको वडाध्यक्ष बद्री पन्तले जानकारी दिए । ‘विकराल रूपमा बढ्दै गइरहेको बालविवाहलाई न्यूनीकरण गर्नको लागि यस्तो निर्णय गरेका हौँ,’ उनले भने ।
चालु आर्थिक वर्षको अहिलेसम्म नलगाड–४ मा ३२ वटा विवाह भएका थिए । त्यसमध्ये १६ जोडीले बालविवाह गरेको पाइएको वडाध्यक्ष पन्तले बताए ।
बाल विवाह न्यूनीकरणको लागि २६ पुसमा बसेको वडा समितिको बैठकले विवाहको लागि वडाको सिफारिस अनिवार्य गर्ने निर्णय गरेको हो ।
वडाले गरेको निर्णयलाई सरोकारवालाले सकारात्मक रूपमा लिएका नलगाड नगरपालिकाकी उपप्रमुख देवका लामिछानेले बताए ।