२०८१ माघ ६ गते आइतवार / Jan 19 , 2025 , Sunday
२०८१ माघ ६ गते आइतवार
Ads

३ वर्षमा २ लाखले सधैंका लागि छाडे देश

hardik ivf
छबि सापकोटा
२०८१ माघ ४ गते ०६:४०
३ वर्षमा २ लाखले सधैंका लागि छाडे देश

काठमाडौं : नेपालका राजनीतिक दलहरूले निर्वाचनमा देशको विकास र समृद्धिका लागि भनेर जनतासँग मत माग्ने गरेका छन् । देश बनाउँछौं भनेर भाषण गरेका र आश्वासन दिएका नेतृत्व तहले देश बनाउने भन्दा पनि सत्तामा कसरी पुग्ने खेलमा लाग्दा जनतामा निराशा देखिन्छ ।

जनतामा निशाना दिन प्रतिदिन बढ्दै जाँदा नफर्कनेगरी देश छाड्नेको संख्या पनि बढ्दो छ । 

पछिल्लो ३ वर्षको तथ्यांक हेर्ने हो भने, यसबीच २ लाख ७ हजार १०१ जना नेपालीले कहिल्यै नफर्केनगरी देश छाडेका छन् । अध्यागन विभागको तथ्यांक हेर्ने हो भने सन् २०२२ मा ६९ हजार ३५१, सन् २०२३ मा ७० हजार ९१५ नेपालीले स्थायी रूपमा देश छाडेको थिए । यस्तै, सन् २०२४ मा ६६ हजार ८३५ जना नेपालीले सधैंका लागि देश छाडेका छन्, जसमध्ये ३४ हजार ५४४ जना महिला छन् भने ३२ हजार २८७ जना पुरुष छन् ।

तथ्यांक हेर्दा देश छाड्नेमा महिला र पुरुषको बराबरीकै अवस्था देखिन्छ । स्थायी बसोबासका लागि नेपालीहरू अमेरिका, बेलायत, जापान, क्यानाडा, अस्ट्रेलिया र युरोपसम्म पुगेका छन् । 

राजनीतिक अस्थिरता, नेपालीमा आएको जीवनशैली, रोजगारीलगायतका कारण स्थायी रूपमा देश छाड्ने क्रम बढेको देखिन्छ । राज्यले आफ्ना नागरिकलाई देश बन्दै छ भन्ने विश्वास गराउन नसक्दा निराशाको कारणसमेत देश छाड्नेको संख्या बढिरहेको छ । 

२ वर्षमा कतिले छाडे देश ?

तयांकअनुसार सन् २०२४ मा १६ लाखभन्दा बढी नेपालीले देश छाडेका अध्यागमन विभागले जनाएको छ, जसमा ६६ हजार ८३५ जनाले स्थायी रूपमा विदेश बस्नेगरी नेपाल छाडेका छन् । यसैगरी अस्थायी बसोबासका लागि १ लाख ८२७ जनाले नेपाल छाडेका छन्, जसमा ५६ हजार २२१ पुरुष र ४४ हजार ५३६ जना महिला छन् । 

सन् २०२४ मा रोजगारीका लागि देश छाड्ने नेपालीहरूको संख्या ८ लाख ८ हजार ४१५ छ । रोजगारीका लागि ८ लाख ५६ हजार ४२२ जनाले देश छाडेका छन्, जसमा पुरुष ७ लाख ७९ हजार ८९० र महिला ९६ हजार १९७ बिदेसिएका अध्यागमन विभागको तथ्यांक छ ।

सन् २०२४ मा अध्ययनका लागि पनि १ लाख १९ हजार ४०९ जना विदेश गएका छन् । यस्तै, परिवारिक तथा नातेदार भिसामा १ लाख ३१ हजार ७९६, डिपेन्डेन्ट भिसामा ३३ हजार ९०९ जना र विजनेशका लागि भनेर २० हजार १०१ जना १ वर्षमा बिदेश गएका विभागले जनाएको छ । 

युवा जनशक्तिमा निराशा, देशमा रोजगारी सृजना नहुँदा देश छाड्ने क्रम रोकिएको छैन । स्थायित्वका लागि भनेर ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन र ४ मंसिरमा भएका संघ र प्रदेशका निर्वाचनपछि पनि देश छाड्नेको संख्या बढिरहेको छ ।

समाजशास्त्रीले डा. शुक्रराज अधिकारी गाउँबाट शहर, सानो शहरबाट ठूलो शहर वा सुविधा खोजेर जाने मानवीय स्वभावकै कारण देश छाड्नेको संख्या बढिरहेको बताउँछन् । उनले भने, ‘नेपालमा जति मिहिनेत गरे पनि सहज जीवनयापन कठिन छ । तर, विकसित देशमा जाँदा शिक्षा, स्वास्थ्य, रोजगारी, खानपान, वातावरण राम्रो छ । देशमा भन्दा बिदेशमा भविष्य राम्रो देख्दा स्थायी रूपमा विदेश बसाइँसराइ बढेको हो ।’

देश बन्ने अपेक्षा गरेका जनता, लगानीकर्ता र व्यवसायीसमेत पछिल्लो ३ वर्षमा निराश नै देखिएका छन् । दलहरू सत्ताकै खेलमा लाग्दा युवा जनशक्ति नेपालमा बस्न नै चाहिरहेका छैनन् भने राजनीतिक स्थायित्व र दलहरूबीचकै खिचातानीको कारण आमजनतामा निराशा कायम रहेको अधिकारी बताउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise