२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

सत्यदिप इन्टरनेशनलद्वारा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सम्पन्न

hardik ivf
मध्यान्ह
२०८१ माघ २२ गते २२:१६
सत्यदिप इन्टरनेशनलद्वारा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सम्पन्न

काठमाडौं : दिब्योल लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक बिक्रेता सत्यदिप इन्टरनेशनलले ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सम्पन्न गरेको छ । दिब्योल लुब्रिकेन्ट्स नेपालमै उत्पादन थाल्ने घोषणा गर्दै सत्यदिपले ‘मिट एन्ड ग्रिट’ सम्पन्न गरेको हो ।

दिब्योल लुब्रिकेन्ट्सको उत्पादक कम्पनी गान्धार आयल रिफाइनरी (इन्डिया) लिमिटेड र सत्यदिप ग्रुपले सो घोषणा गरेका हुन् । सोमबार ललितपुरमा आयोजना गरिएको उक्त कार्यक्रममा दिब्योल लुब्रिकेन्ट्सका तर्फबाट प्रबन्ध निर्देशक समिर पारेख, सेल्स हेड सिल्भानस परमार, नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपाने र सत्यदिप इन्टरनेशनलका प्रबन्ध निर्देशक दिपेन्द्रकुमार मिश्र लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा गान्धार आयल रिफाइनरीका सेल्स हेड सिल्भानस परमारले दिब्योल लुब्रिकेन्ट्सको गुणस्तर, यसको विशेषता र नेपालमै उत्पादन थाल्नुको महत्वबारे प्रकाश पारे । पेट्रोलियम प्रोडक्ट उत्पादनमा विश्वकै अग्रणी मध्ये एक दिब्योल लुब्रिकेन्ट्स हाल विश्वका १०६ भन्दा बढी देशमा बिक्री हुँदै आएको उनको भनाइ थियो ।

सत्यदिप ग्रुपका प्रबन्ध निर्देशक दिपेन्द्रकुमार मिश्रले गान्धार आयल रिफाइनरीकै फर्मुलेसनमा आधारित भएर यसको उत्पादन नेपालमा गरिएको जानकारी गराए । उनले भने, ‘हामीले यसको सिन्थेटिक आयल बाहेक अधिकांश उत्पादन स्वदेशी उद्योग युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजमार्फत् गर्दै आएका छौं, जुन प्लान्टबाट भिडोल र नेपाल गोल्ड लुब्रिकेन्ट्स समेत उत्पादन भइरहेको छ ।’

आफ्नै उद्योगबाट उत्पादन हुने हुँदा बजारको माग अनुसार ग्रेड र प्याक साइज उपलब्ध गराउन कुनै समस्या नरहेको उनले बताए । मिश्रकाअनुसार सत्यदिप ग्रुपले नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक लुब्रिकेन्ट्स प्लान्ट स्थापना गरेको छ । सो प्लान्टमा गुणस्तर जाँचका लागि सुबिधासम्पन्न ल्याबको समेत व्यवस्था गरिएको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise