काठमाडौंः पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानको आजको बयान सुरु भएको छ । चितवनको साहारा सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछानको बयान न्यायाधीश दयाराम ढकालको इजलासमा परेकाे छ । पेशी (क) नम्बरमा तोकिएकाले सुरुमै रविको बयान हुन लागेकाे हाे ।
उनीमाथिको बयान सकिएपछि थुनछेक बहस हुनेछ । बहसपछि अदालतले साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ ।
मंगलबार लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दायर भएको थियो । जसमा रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको थियो भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको
लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको बताएका थिए ।