२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

जनसेवा नमुना माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

hardik ivf
सुर्य प्रकाश बुढा मगर
२०८१ माघ २२ गते २२:३५
जनसेवा नमुना माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिकामा परिवर्तन गाउँपालिकास्तरीय अन्तर विद्यालय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१ को उपाधि जनसेवा नमुना मावि परिवर्तन गाउँपालिका-२ राङ्सी पोखराले जितेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्ववाधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व, परिवर्तन गाउँपालिकाको व्यवस्थापन तथा परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा शहीद स्मृति रंगशाला खेलकुद मैदान परिवर्तन गाउँपालिका-५ धामाचौरमा माघ १८ गतेदेखि २२ गतेसम्म प्रतियोगिता आयोजना भएको थियो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स, भलिबल,कबड्डी, तेक्वान्दो, कराते र उसु समावेश गरिएको थियो । मंगलबार सम्पन्न भएको प्रतियोगितामा जनसेवा नमुना मावि राङसीले स्वर्ण ३८, रजत १३ र कास्य १० गरी जम्मा ६१ पदक प्राप्त गर्दै विजेता बन्यो । लगातार तेस्रोपटक जित्दै जनसेवा नमुना माविले सधैं आफ्नो विद्यालयमा राख्ने गरी शिल्ड प्राप्त गरेको छ ।

No description available.

बाल कल्याण मावि उपबाङ स्वर्ण १३ र रजत ३० गरी जम्मा ४३ पदक प्राप्त गरी उपविजेतामा चित्त बुझाएको छ । नेपाल राष्ट्रिय  मावि राङखुङ स्वर्ण ५, रजत ७ र कास्य ५ गरी जम्मा १७ पदक प्राप्त गरी तृतीय भएको छ । दिव्यज्योति मावि माइस्थान स्वर्ण ३, रजत ७ र स्वर्ण ९ गरी जम्मा १९ पदक प्राप्त गर्दै चौथो भएको छ । जनता मावि बागमारा स्वर्ण ३,रजत २ र कास्य ९ गरी जम्मा १४ पदक प्राप्त गरी पाँचौं भएको छ । ने.रा नमुना मावि मौलाबोट स्वर्ण २, रजत ३ र कास्य ४ गरी जम्मा ९ पदक प्राप्त गरी छैटौं भएको छ । जनज्योति मावि आरखोला स्वर्ण १, रजत ३ र कास्य ३ गरी जम्मा ७ पदक प्राप्त गरी सातौं भएको छ । बाल शिक्षा मावि थुनिकोट १ स्वर्ण, शून्य रजत र ३ कास्य गरी जम्मा ४ पदक प्राप्त गरी आठौं भएको छ । जनकल्याण मावि धानाबारा ६ कास्य पदक प्राप्त गरी नवौं भएको छ । राष्ट्रिय मावि केउरी १ कास्य पदक प्राप्त गरी दशौं भएको छ । ने.रा. मावि नाफे १ कास्य पदक प्राप्त गरी एघारौं भएको छ । जनकल्याण मावि त्रिवेणी १ कास्य पदक प्राप्त गरी बाह्रौं भएको छ ।

No description available.

परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा मगर, परिवर्तन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम,परिवर्तन गाउँपालिका-१ का वडा अध्यक्ष मैते बुढा मगर, २ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगर र परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगरले शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

जनसेवा नमुना मावि राङ्सीले खेलकुद क्षेत्रको प्रोत्साहन तथा पुरस्कार स्वरूप ३ लाख १ हजार रकम पाउनेसमेत परिवर्तन परिवर्तन गाउँपालिका अध्यक्ष मगरले घोषणा गरे ।

ADVenergy

सम्बन्धित खबर

Advertise