२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

साइप्रसमा सोनाम ल्होछार मनाइने, गायक मिलन लामाले प्रस्तुति दिने

hardik ivf
मध्यान्ह
२०८१ माघ २३ गते ११:४९
साइप्रसमा सोनाम ल्होछार मनाइने, गायक मिलन लामाले प्रस्तुति दिने

साइप्रस : युरोपेली मुलुक साइप्रसमा तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार मनाइने भएको छ । ल्होछारको अवसरमा फेब्रुअरी ९ तारिकमा लिमासोलमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रमका लागि चर्चित लोकदोहोरी गायक मिलन लामा साइप्रस आउने तय भएको छ ।

साइप्रसमा नेपाली व्यवसायको रुपमा परिचित गोर्खा किचन रेस्टुरेन्टको आयोजनामा हुन लागेको सो कार्यक्रम लिमसोलमा रहेको नियो फियस्टा बेन्क्युट हलमा हुँदैछ । गायक लामासँगै स्थानीय कलाकार र गोर्खा ब्याण्डले पनि सांगीतिक प्रस्तुति दिने तयारी छ ।

सांस्कृतिक झाँकी, तामाङ सेलो, ताम्बा नाच, लामा नाच, म्हेन्दोमायालगायत विभिन्न नेपाली तथा तामाङ सांस्कृतिक प्रस्तुतिमा मनाइने तयारी गरिएको आयोजक पक्षले जानकारी दिएको छ ।

गोर्खा किचन रेस्टुरेन्टकी संचालक ज्ञानु लामाले आफ्नो संस्कार, संस्कृति र पर्वलाई जहाँ गए पनि भुल्न नहुने बताँउदै साइप्रसवासी नेपालीलाई कार्यक्रममा सहभागी भएर तामाङ संस्कृति नियाल्न अनुरोध गरिन् ।

हरेक वर्ष सोनाम ल्होछारको कार्यक्रम नेपाल तामाङ घेदुङ साइप्रसले आयोजना गर्दै आएको भएपनि यसपटक भने नेपाली व्यवसायको रुपमा परिचित गोर्खा किचन रेस्टुरेन्टले आयोजना गर्न लागेको हो । नेपाली समुदायको हरेक गतिविधिमा  सहकार्य गर्दै आएको रेस्टुरेन्टले दु:ख पाएका नेपालीलाई सहयोग गर्दै आएको छ ।

कार्यक्रमका लागि साइप्रसभरिका सबै मुख्य शहरबाट यातायातको व्यवस्था गरिएको छ भने प्रवेश शुल्क २० युरो तोकिएको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise