२०८१ फागुन २९ गते बिहिवार / Mar 13 , 2025 , Thursday
२०८१ फागुन २९ गते बिहिवार
Ads

अब कांग्रेसको सभापति र प्रधानमन्त्री शेखर कोइराला : सुजाता

hardik ivf
मध्यान्ह
२०८१ माघ २८ गते १५:५७
अब कांग्रेसको सभापति र प्रधानमन्त्री शेखर कोइराला : सुजाता

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले अबको पार्टी सभापति र प्रधानमन्त्री डा. शेखर कोइराला हुने घोषणा गरेकी छन् ।

सोमबार जीपी फाउन्डेसन भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले अब कांग्रेस सभापति र प्रधानमन्त्री दुवै डा. कोइराला हुने घोषणा गर्दै आफ्नो पूर्ण समर्थन रहने बताएकी हुन् । उनले फाउन्डेसन राजनीतिक फोरम नभए पनि आफूले यहीँबाट यस्तो घोषणा गरेको बताइन् ।

नेतृ कोइरालाले अहिले देश एमालेले हाँकिरहेको र कांग्रेस छायामा परेको बताइन् । उनले अहिलेका सभापति शेरबहादुर देउवाको कुनै विचार नै नभएको र पूर्णरूपमा असफल भएको टिप्पणी गरिन् ।

देशमा प्रजातन्त्र कमजोर रहेको र कांग्रेस भूमिकाविहीन अवस्थामा देखिएको उनले टिप्पणी गरिन् । 

उनले भनिन्, 'पोलिटिक्स बिग्रियो, प्रजातन्त्र बिग्रियो भने हाम्रो देश पनि बिग्रिन्छ । प्रजातन्त्र उहाँहरूलाई मात्र छ । प्रजातन्त्र खोजेर जागिर खोजेर आज हजारौं युवा बाहिरिरहेका छन् । यो अवस्थामा नेपाली कांग्रेसलाई पुर्‍याउनेहरूलाई कुनै पनि हालतमा प्रधानमन्त्री बनाउनु हुँदैन । नेपाली कांग्रेसबाट कोही पनि प्रधानमन्त्री बन्छ भने शेखर कोइराला प्रधानमन्त्री बन्नुपर्छ त्यसमा मेरो पूरा सहमति र समर्थन रहनेछ ।'

ADV

सम्बन्धित खबर

Advertise