२०८१ फागुन २९ गते बिहिवार / Mar 13 , 2025 , Thursday
२०८१ फागुन २९ गते बिहिवार
Ads

पार्टी नेतृत्व तेस्रो पुस्तालाई दिन भट्टराईको प्रस्ताव

hardik ivf
मध्यान्ह
२०८१ माघ २८ गते १६:२८
पार्टी नेतृत्व तेस्रो पुस्तालाई दिन भट्टराईको प्रस्ताव

काठमाडौं  :नेसपा (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई दिन प्रस्ताव गरेका छन् ।

काठमाडौंमा जारी पार्टीको प्रथम महाधिवेशनमा संयोजक भट्टराईले आफू नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर वैचारिक नेताको भूमिकामा बस्न चाहेको बताएका हुन् ।

पार्टीको महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको हो ।

महाधिवेशनको बन्द शत्रमा भट्टराईले आफू वैचारिक भूमिकामा मात्रै रहन चाहेको बताएको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए । ‘तेस्रो पुस्ताका साथीहरूले सल्लाह गरेर टिम बनाउनुस् । म वैचारिक भूमिकामा रहन्छु,’ भट्टराईले भने ।

भट्टराईले सचिवालय बैठकमा पनि यही प्रस्ताव अगाडि सारेका छन् ।  ‘महाधिवेशनको उद्घाटन शत्रपछि सचिवालय बैठकमा उहाँले म नेतृत्व हस्तान्तरण गर्न चाहन्छु, तेस्रो पुस्ताका साथीहरू सल्लाह गरेर टिम बनाउनुहोस्, म वैचारिक नेताको भूमिकामा बस्न चाहन्छु भन्नुभएको हो,’ प्रवक्ता शर्माले भने ।

प्रवक्ता शर्माका अनुसार सोमबार बसेको सचिवालय बैठकमा पनि भट्टराईले सोही प्रस्ताव अगाडि सारेका छन् । ‘उहाँले आइतबार साँझ र सोमबार बिहान पनि उही प्रस्ताव दोहो¥याउनु भयो । तर सचिवालयका सबैजसो साथीहरूले अहिले परिस्थिति त्यस्तो नरहेकोले उहाँलाई नै अध्यक्षमा दोहो¥याउन सहमत गराएका छौं,’ उनले भने ।

सचिवालय बैठकमा अधिकांश नेताहरूले वैकल्पिक शक्तिहरू ध्रुवीकरणको क्रममा नेतृत्व हस्तान्तरण गरेर वैचारिक नेताको भूमिकामा बस्न प्रस्ताव गरेपछि भट्टराई अध्यक्षमा उम्मेदवारी दिन तयार भएको प्रवक्ता शर्माले जानकारी दिए ।

‘हामीले बरु विशेष महाधिवेशन वा पार्टी ध्रुवीकरणको प्रक्रियामा नेतृत्व हस्तान्तरण उपयुक्त हुन्छ, अहिले विकल्प नखोज्न जोड दियौं,’ उनले भने ।

यसबीचमा नयाँ पार्टीका नेताहरूसँग भट्टराईले भेटघाट र संवाद सुरु गरिसकेका छन् । महाधिवेशनको उद्घाटन सत्रमा भट्टराईले पार्टीको प्रथम महाधिवेशनले नयाँ शक्तिलाई जोडेर मूल धारमा लैजाने बाटो तय गर्ने बताएका थिए ।

महाधिवेशनमा प्रस्तुत ३२ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा पनि भट्टराईले नयाँ शक्तिहरूबीच एकता र सहकार्यको प्रस्ताव गरेका छन् ।

आइतबारबाट सुरु भएको महाधिवेशन मंगलबारसम्म चल्नेछ । उद्घाटन सत्र सकिएपछि आइतबार नै बन्दसत्रको कार्यक्रम सुरु भएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise