२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

रुपन्देहीमा गोपाल सेवा समितिको होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

hardik ivf
मध्यान्ह
२०८१ चैत १ गते ०६:५५
रुपन्देहीमा गोपाल सेवा समितिको होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

उर्मिला यादव 
लुम्बिनी : गोपाल सेवा समिति क्षेत्र नम्बर ५ रुपन्देहीले बिहीबार एक कार्यक्रमकाबीच होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । क्षेत्र नम्बर ५ का क्षेत्रीय अध्यक्ष रामबेलास यादवको अध्यक्षता तथा गोपाल सेवा समितिका केन्द्रीय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवको प्रमुख आतिथ्यतामा गैडहवा ६ सुर्यपुरामा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि यादवले गोपाल सेवा समितिलाई हरेक पालिका र वडामा बिस्तार गर्दै अगाडि बढ्न आग्रह गरे । उनले वडास्तरमा गोपाल सेवा समितिको संगठन बलियो बनाउन नसकिएसम्म यादवहरू संगठित हुन नसक्ने जिकिर गरे । 

उनले परिवार र समाजमा अझै पनि परिर्वतनको खाचो भएकाले यसको लागि आफूमा भएको कमि-कमजोरी सुधार गर्न सकेमात्र परिर्वतन ल्याउन र संगठनलाई बलियो बनाउन सकिने बताए । 

अध्यक्ष यादवले आगामी दिनमा समितिलाई रचनात्मकरुपमा अगाडि बढाउन वडा तथा जिल्लास्तरीय भेलाको आयोजना गर्दै यादवहरूलाई एकजुट बनाउने अभियानका साथ काम गर्ने बताए । समितिले आफ्नो धर्म संस्कृतिको संरक्षण गर्दै हरेक पालिकामा राधाकृष्णको मन्दिर निर्माणका लागि पहल गर्ने प्रतिबद्धता उनले जनाए । 

यस्तैगरी कार्यक्रममा शुभकामना मन्तव्य राख्दै समितिका रुपन्देही जिल्ला सदस्य रामचन्द्र यादवले गोपाल बंशका एक हिस्सा भएका यादव समुदाय एकजुट हुन आवश्यक भएको बताए । उनले गोपाल सेवा समितिलाई अन्य संगठनले जातीय संगठन भएको नकरात्मक प्रचार गरे पनि यो समितिले आफनो समुदायलाई एकजुट गराउदै अन्य समुदायको हकहितमासमेत काम गर्दै आएको बताए । 

गोपाल सेवा समितिका वरिष्ठ सल्लाहकार अम्बिका यादवले शुभकामना मन्तव्य राख्दै यादवहरूको सहभागिता बढाउनका लागि समितिले अझै सक्रिय भएर कार्य गर्नुपर्ने बताइन् । यादवले ३३ प्रतिशत महिला सहभागिताका कुरा गरिरहँदा महिलाको उपस्थिति नै शुन्य जस्तो देखिएकोले आगामी दिनमा महिलाहरूलाई पनि समितिमा स्थान दिन आग्रह गरिन् । 

यस्तैगरी गोपाल सेवा समिति क्षेत्र नम्बर ५ का क्षेत्रीय अध्यक्ष रामबेलास यादवले सोच परिर्वतन नभए सम्म समाजमा परिर्वतन ल्याउन नसक्ने बताए । उनले गोपाल सेवा समितिको स्थापना नै राम्रो काम गर्नका लागि भएको भन्दै समाजमा उदाहरणीय कार्य गरी समितिको नाम उच्च राख्न आग्रह गरे । उनले समाजमा परिर्वतन ल्याउनमा शिक्षाको महत्वपूर्ण भुमिका भएकोले आफ्ना  छोराछोरीलाई शिक्षासँग जोड्दै आत्मनिर्भर बनाउनसमेत सुझाव दिए । 

गोपाल सेवा समिति क्षेत्र नम्बर ५ का क्षेत्रीय सहसचिव श्रीराम यादवको स्वागत मन्तव्य र क्षेत्र नम्बर ५ का क्षेत्रीय सचिव रामबहादुर यादवले संचालन गरेको सो कार्यक्रममा सुर्यपुरा मावि गैडहवा ६ का प्रधानाध्यापक उमेश यादव,  जनकल्याण मावि का प्रधानाध्यापक संजय यादव, गोपाल सेवा समिति लुम्बिनी नगर सचिव रामअवतार यादव, समितिका सियारी - ४ का अध्यक्ष रामजित यादव, क्षेत्र नम्बर ५ का क्षेत्रीय सदस्य पहलवान योगेन्दर यादव,  सियारी-३ का निर्वतमान अध्यक्ष घिसन यादवलगायतले शुभकामना मन्तव्य राख्दै यादवहरूबीच अझै पनि एकताको आवश्यकता भएकोले सबै एकजुट भएर सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे । 

कार्यक्रममा रामबिकास यादव, जीवन श्रेष्ठ, प्रभु यादव, धमेन्द्र कुमार यादव, अमरजित यादव, सुनिल यादव, सन्जेश कुमार यादव, अन्जना चौहान, रामनेवास यादव, रिखराम यादव, योगेन्द्र प्रसाद यादव, बिमलेश यादव, राजाराम यादव, विजय यादव, रामराज यादव, रामबहादुर यादवलगायत बिभिन्न संघसंस्थाका पदाधिकारी तथा सरोकारवाला व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise