दाङः आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् ।
५७ वर्षीया लिला पुनको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका–३ रनगैरा बस्ने ५७ वर्षीय सुकराम पुनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुकरामले लिलालाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।