२०८२ असोज ८ गते बुधवार / Sep 24 , 2025 , Wednesday
२०८२ असोज ८ गते बुधवार
Ads

बाबुरामले त्यागे अध्यक्ष पद

shivam cement
मध्यान्ह
२०८२ असोज ८ गते १७:१६
बाबुरामले त्यागे अध्यक्ष पद

काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले बुधबार अध्यक्ष पदबाट स्वेच्छिक रूपमा राजीनामा दिएका छन् । काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा उनले यो प्रस्ताव राखेका हुन् । बैठकले केन्द्रीय समिति भंग गर्दै आगामी फागुनमा विशेष महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।

भट्टराईले भदौ २३ र २४ मा भएको जेनजी पुस्ता आन्दोलनले पार्टीहरूमा नेतृत्व परिवर्तनको सन्देश दिएको उल्लेख गर्दै अध्यक्ष पद त्याग गरेको बताइएको छ ।

उनले विशेष महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन गर्न प्रस्ताव गरेका थिए । सोही प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्ष दुर्गा सोबको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको छ ।

पार्टी नेतृ मानुषी यमी भट्टराईले बैठकमा बाबुराम भट्टराईले राखेको राजीनामा प्रस्ताव र विशेष महाधिवेशनको योजनामाथि छलफल भएको पुष्टि गरिन् । उनले बिहीबार पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरूबारे विस्तृत जानकारी दिइने बताइन् ।

डा. भट्टराई २०८१ फागुन १ गते नेसपा (नयाँ शक्ति) को अध्यक्षमा निर्वाचित भएका थिए । उनको नेतृत्वमा पार्टीले विभिन्न सामाजिक र राजनीतिक मुद्दाहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise