२०८२ असोज ८ गते बुधवार / Sep 24 , 2025 , Wednesday
२०८२ असोज ८ गते बुधवार
Ads

पत्रकार थापाको ‘डेस्टीनेशन सोलुदुधकुण्ड’ तस्बिर पुस्तक विमोचन

shivam cement
मध्यान्ह
२०८२ असोज ८ गते १८:५६
पत्रकार थापाको ‘डेस्टीनेशन सोलुदुधकुण्ड’ तस्बिर पुस्तक विमोचन

काठमाडौंः पत्रकार भरतबन्धु थापाको  ‘डेस्टीनेशन सोलुदुधकुण्ड’ नामक तस्बिर पुस्तक विमोचन भएको छ । 

सोलुदुधकुण्ड नगरपालिका क्षेत्रका धार्मिक, ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीय स्थलहरूको तस्बिर पुस्तक ‘डेस्टीनेशन सोलुदुधकुण्ड’ एक कार्यक्रमबीच विमोचन भएको हो । सोलुदुधकुण्ड नगरपालीकाद्वारा प्रकाशन गरिएको पुस्तकको विमोचन नगर प्रमुख नाम्गेल जाङबु शेर्पा र जनप्रतिनिधिहरुले गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख शेर्पाले सोलुदुधकुण्ड नगरपालिका प्राकृतिक स्रोतले मात्र नभएर कला र संस्कृतिको पनि धनी नगर भएको बताए। 

उनले भने, ‘हिमाल हेर्न कहाँ जाने, सगरमाथा आधार शिविर नै पुग्नुपर्दछ भन्ने छैन सोलु दुधकुण्डन नगरको दक्षिणी भेगमा अवस्थित पिके पिक पुगियो भने विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालहरूको श्रृंखला एकैपटक नियाल्न सकिन्छ । यही कारणले हुनसक्छ, सर एडमण्ड हिलारीले समेत यसलाई ‘सगरमाथा हेर्ने सबैभन्दा उत्कृष्ट दृश्य बिन्दु’ भनेका थिए ।’

उनले नगरपालिकाका भित्रका प्राचीन, सांस्कृतिक, विरासतयुक्त सम्पदा, ऐतिहासिक स्थल, कला र परम्परा झल्काउने तस्बिरसहित सोलुदुधकुण्ड नगरपालिका समावेश यो पुस्तकले सोलुखुम्बु जिल्लाकै पर्यटन, प्रवर्द्धन र विकासमा सहयोग पुर्‍याउने दाबी गरे। उनले पुस्तकले पर्यटन प्रर्वद्धन गर्न सहयोग पुग्नका साथै सोलुखुम्बु आउने पर्यटकहरुको बसाइँ लम्ब्याउन मदत पुग्ने विश्वास व्यक्त गरे ।

पत्रकार थापाले सोलुदुधकुण्ड नगरपालिकाका विभिन्न मौसममा आठ पटक यात्रा गरेर क्यामेरामा कैद गरेका तस्बिरहरु पुस्तकमा समावेश गरिएको बताए। 

विगत दुई दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रलाई आधार बनाएर पत्रकारिता गरिरहेका थापाका यसअघि वाइल्ड वेष्ट नेपाल, गन्तव्य कर्णाली, एक्सपोलर फारवेष्ट, गन्तव्य मध्यपुर, तस्बिरमा नेपाल, नेपाल इन इमिजेज, पञ्चकोशी दैलेख पुस्तक सार्वजनिक भइसकेका छन्। । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise