एजेन्सी : विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ ले केही मिनेटभित्रै कोरोना भाइरस संक्रमण पत्ता लगाउने परीक्षण विधि न्यून र मध्यम आय भएका मुलुकमा विस्तार गर्ने भएको छ ।
पाँच डलर मात्र लागत पर्ने सो परीक्षण प्रविधि स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा डब्लुएचओले पठाउन लागेको हो । डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यो परीक्षण कोरोना भाइरस नियन्त्रणका लागि प्रमुख कोसेढुङ्गा साबित हुने बताए ।
यसले प्रयोगशालाको सुविधा र पर्याप्त स्वास्थ्यकर्मी नभएका क्षेत्रमा परीक्षणको दायरा बढाउने डब्लुएचओको भनाइ छ । उत्पादकहरूसँग सम्झौता गरेर डब्लुएचओले छ महिनाभित्र १२ करोडवटा त्यस्ता परीक्षण उपलब्ध गराउने तयारी थालेको छ ।
औषधि निर्माताहरू एब्बो र एसडी बायोसेन्सरले च्यारिटेबल संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका लागि १२ करोड परीक्षणहरू उत्पादन गर्न सहमत बनेका हुन । सम्झौताले १ सय ३३ देशमा सहायता पुग्नेछ ।
त्यसमा हाल महामारीले धेरै असर पारेका र मृत्यु भएका मुलुकहरु पर्दछन् । परीक्षणका लागि नमुना दिएपछि त्यसको नतिजा आउन लामो समय लाग्दा धेरै देशमा कोरोनाभाइरस फैलिन नदिन गाह्रो हुने गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies