काठमाडौं : चीनसँगको महत्वपूर्ण व्यापारिक नाका तातोपानी आगामी असोज १९ गतेदेखि खुला गर्ने निर्णय भएको छ । नेपाली र चिनियाँ पक्षबीच मंगलबार सिन्धुपाल्चोकमा भएको द्विपक्षीय बैठकले लामो समयदेखि बन्द रहेको नाका असोज १९ देखि खोल्ने निर्णय गरेको हो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार असोज १८ गतेभित्र आवश्यक सबै तयारी गर्ने र १९ गतेदेखि नाका सञ्चालनमा ल्याउने निर्णय भएको छ । उनका अनुसार सीमामा सामान लोड तथा अनलोड गर्नेसहित सम्बन्धितको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ भने अन्य स्वास्थ्य सुरक्षा सावधानीसमेत अपनाएर नाका सञ्चालनमा आउने छ ।
दुई पक्षीय बैठकमा चीनतर्फको ल्हासाका अधिकारी र नेपाल तर्फबाट प्रमुख जिल्ला अधिकारी ढकालसहितका अधिकारीहरु सहभागी थिए । नाका खुलाउन परराष्ट्र मन्त्रालयले चीनसँग आवश्यक पहल नगरेको भन्दै आलोचना हुँदै आएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies