२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

मलंगवाका १५ अवैध अस्पताल बन्द गर्न निर्देशन

hardik ivf
मध्यान्ह
२०८१ चैत १ गते १९:२२
मलंगवाका १५ अवैध अस्पताल बन्द गर्न निर्देशन


जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाही सदरमुकाम मलंगवाका अस्पतालको अनुगमन गरेका छन् । बिहीबार उनले प्रादेशिक, निजी अस्पताल तथा पोलिक्लिनिक गरी १९ वटाको अनुगमन गरेका हुन् । 

अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले अवैध र अनाधिकृत ढङ्गले सञ्चालनमा रहेका १५ वटा अस्पताल र पोलिक्लिनिकलाई बन्द गर्न मुख्यमन्त्री निर्देशन दिएका छन् । 

सेवा सञ्चालन अनुमति लिएका ३ निजी स्वास्थ्य संस्थालाई भने उनले दुई महिनाभित्र नवीकरण गर्न निर्देशन दिए ।

प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरका अनुसार अनुगमनका क्रममा प्रादेशिक अस्पतालको क्यान्टिनमा बिरामीलाई निःशुल्क खुवाइने खाना स्वच्छ नभएको पाइएको थियो । यसपछि मुख्यमन्त्री सिंहले क्यान्टिन नै परिवर्तन गर्न प्रादेशिक अस्पतालका प्रमुखलाई निर्देशन दिए ।

उनले प्रादेशिक अस्पतालका आकस्मिक कक्षका लागि निर्धारित जनशक्ति पूर्णताका साथ परिचालन गर्न र अन्तरङ्ग कक्षमा लेखिएका एम्बुलेन्स चालकका नाम मेटाउन पनि निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिंहले अस्पताल अनुगमन गरिरहेको हल्ला फिजिएपछि मलङ्गवा बजारका अधिकाङ्श निजी अस्पताल तथा पोलिक्लिनिक बन्द गरी सञ्चालक तथा कर्मचारी फरार भएका थिए । 

‘४÷५ वटाबाहेक सबै निजी स्वास्थ्य संस्थामा ताल्चा लागेको पाइयो, तीमध्ये ३ वटासँग मात्र नवीकरण नभएका सेवा सञ्चालन अनुमतिपत्र फेला परे,’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत ठाकुरले भने ।

अनुगमनका क्रममा जयश्री ओम हेल्थ केयर प्रालि, श्री तिरुपति बालाजी पोलिक्लिनिक प्रालि र श्री बह्मभूमि हेल्थ रिसर्च प्रालिलाई २ महिनाभित्र नवीकरण गराउन निर्देशन दिइएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार कर्णका अनुसार मलङ्गवास्थित मैक्स हस्पिटल, श्री मिथिला डेन्टल क्लिनिक, श्री दिनकर अस्पताल, श्री रामावतार पेन पारालाइसीस सेन्टर, श्री क्ल्याण हेल्थ केयर, श्री शीतल डेन्टल केयर प्रालि, श्री चन्द्रकला पोलिक्लिनिक, श्री इन्डो–नेपाल आँखा अस्पताल, श्री कान्तिपुर डेन्टल एवम् एक्सरे क्लिनिक, श्री प्रेमा हेल्थ क्लिनिक, श्री सर्लाही कम्युनिटी हेल्थ केयर प्रालि, श्री गुप्ता क्लिनिक प्राथमिक उपचार केन्द्र, सर्लाही पोलिक्लिनिक, श्री सिद्धिदाता हेल्थ केयर प्रालि र श्री देवश्री पोलिक्लिनिक प्रालिलाई बन्द गर्न निर्देशन दिइएको छ ।

बिहीबारको अनुगमनसँगै मुख्यमन्त्री सिंहले धनुषाको जनकपुरधाम, महोत्तरीको बर्दिवास, सर्लाहीको हरिवन, रौतहटका चन्द्रपुर र गरुडा, पर्साको वीरगञ्जसहितका ठाउँमा ११४ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । अनुगमनपछि ७३ वटा निजी स्वास्थ्य संस्थालाई बन्द गर्ने निर्देशन दिइएको छ । २३ वटा अस्पताललाई नवीकरण गर्न दिइएको छ भने १५ वटा वैध रहेको पाइएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise