दोलखा : दोलखाको भिमेश्वर नगरपालिका–४ जिलुमा रहेको सर्व माध्यमिक विद्यालयमा ट्राफिक नियम पालना सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले अभियानका क्रममा विद्यालयले शुक्रबार यो कार्यक्रमको आयोजना गरिएको हो ।
ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा विभिन्न खालका दुर्घटना हुने गरेको बताउँदै ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम गरेको कार्यालयले जनाएको छ ।
कार्यक्रममा कार्यालयका प्रमुख ठाकुरप्रसाद भट्टराईले प्रशिक्षण कक्षा सञ्चालन गरेका थिए । विद्यार्थीलाई ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, सवारी साधनको प्रयोग गर्ने तरिकाको विषयमा विद्यार्थीलाई जानकारी तथा सचेत गराइएको ट्राफिक प्रमुख भट्टराईले बताए । त्यस्तै प्रशिक्षण कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक लगायत गरी १५० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।