सन्तोश पौडेल /मध्यान्ह
खोटाङ : सोलुखुम्बुमा ट्रीपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
सोलुदुधकुण्ड नगरपालिका -११ तिंलाबरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमानामा पर्ने महादेव गित्ते भिरमा गए राति ११ बजेको समयमा बा ४ ख ७९८० नम्बरको ट्रीपर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा धादिङका अन्दाजी ३२ वर्षीय चालक कमल मगर, मकवानपुर बाग्मती गाउँपालिका -४ का अन्दाजी ३२ वर्षीय रामकुमार मगर र सप्तरी सुरुङ्गा नगरपालिका -८ का १९ वर्षीय कृष्णलाल चौधरी रहेका छन् ।
यस्तै दुर्घटनामा मकवानपुर बाग्मती गाउँपालिकाकै २३ बर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका मगरलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक कृष्णकुमार कट्वालले मध्यान्हलाई जानकारी दिए ।
दुर्घटना भएको ट्रीपर दुधकोशी सोलुखोला -८६ मेघावाट जलविद्युत आयोजनाको निर्माण स्थलमा प्रयोग गरिदैँ आएको जनाइएको छ । ट्रीपर सडकबाट अनियन्त्रित भइ तीन सय मिटर तल खसेको जनाइएको छ ।
दुर्घटनामा परी मृत्यु भएकाको शव परीक्षण गर्नका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies