२०८२ असोज ७ गते मङ्गलवार / Sep 23 , 2025 , Tuesday
२०८२ असोज ७ गते मङ्गलवार
Ads

रौतहटमा यात्रु सहायता कक्ष स्थापना

shivam cement
मध्यान्ह
२०८२ असोज ६ गते १८:४६
रौतहटमा यात्रु सहायता कक्ष स्थापना

रौतहट : रौतहट जिल्ला ट्राफिक प्रहरी कार्यालयले नेपालीहरूको महान् पर्व दसैं, तिहार र छठलाई मध्यनजर गर्दै जिल्लाका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख लोकेन्द्र अधिकारीका अनुसार गौर, गरुडा र महेन्द्र राजमार्गअन्तर्गत चन्द्रनिगाहपुरमा यी सहायता कक्षहरू सञ्चालनमा ल्याइएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सञ्चालित यी कक्षहरूले चाडपर्वको समयमा यात्रुहरूलाई आवश्यक सहजीकरण प्रदान गर्नेछन् ।

चाडपर्वको अवधिमा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने क्रममा यात्रुले भोग्नुपर्ने समस्याहरू समाधान गर्न सहायता कक्षहरू स्थापना गरिएको छ । प्रमुख अधिकारीले यात्रुहरूलाई कुनै समस्या, जस्तै सवारी साधनले अत्यधिक भाडा असुलेमा वा अन्य कुनै असुविधा भएमा, नजिकको सहायता कक्षमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

चाडपर्वको समयमा सडकमा यात्रुको चाप बढ्ने र सवारी साधनमा ठगीको सम्भावना रहने भएकाले हरेक वर्ष सहायता कक्ष सञ्चालन हुँदै आएको छ । यो वर्ष आइतबारदेखि सुरु भएका यी सहायता कक्षहरू छठ पर्वसम्म सञ्चालनमा रहनेछन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise