उदयपुर : उदयपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका–६ धपर बस्ने अन्दाजी ४० वर्षीय तोपबहादुर सार्की नेपालटार बजारबाट घर फर्किने क्रममा आइतबार बैजनाथ खोला तर्ने क्रममा बगेका थिए । प्रहरीका अनुसार सार्कीलाई खोलाले बगाएर करिब ५ सय मिटर तल मृत अवस्थामा फेला पारिएको हो । स्थानीयवासीको जानकारीपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।