२०८२ असोज ७ गते मङ्गलवार / Sep 23 , 2025 , Tuesday
२०८२ असोज ७ गते मङ्गलवार
Ads

शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण

shivam cement
asmita
२०८२ असोज ६ गते १६:२२
शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे ।

अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गरे मन्त्रालयले जनाएको छ । समितिको कार्यक्षेत्र प्रस्ताव गरिएको छ भने समितिमा रहने सदस्यहरुको नाम पछि टुङ्गो लगाइने जनाइएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise