२०८२ असोज ७ गते मङ्गलवार / Sep 23 , 2025 , Tuesday
२०८२ असोज ७ गते मङ्गलवार
Ads

सुर्खेतका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

shivam cement
मध्यान्ह
२०८२ असोज ६ गते १९:०५
सुर्खेतका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेपालीहरूको महान् पर्व दसैं, तिहार र छठलाई मध्यनजर गर्दै जिल्लाका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

सोमबारदेखि सुर्खेतको वीरेन्द्रनगर बसपार्क, छिन्चु बजार, बबई चेकपोष्ट, बोटेचौर बजार, राकम चेकपोष्ट, लेकबेशी चेकपोष्ट र बड्डीचौर बजारमा सहायता कक्षहरु स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

नेपाल प्रहरीको सहयोगमा सञ्चालित यी कक्षहरूले चाडपर्वको समयमा यात्रुहरूलाई आवश्यक सहजीकरण प्रदान गर्नेछन् ।

चाडपर्वको अवधिमा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने क्रममा यात्रुले भोग्नुपर्ने समस्याहरू समाधान गर्न सहायता कक्षहरू स्थापना गरिएको छ । डिएसपी बुढथापाले यात्रुहरूलाई कुनै समस्या, जस्तै सवारी साधनले अत्यधिक भाडा असुलेमा वा अन्य कुनै असुविधा भएमा, नजिकको सहायता कक्षमा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

चाडपर्वको समयमा सडकमा यात्रुको चाप बढ्ने र सवारी साधनमा ठगीको सम्भावना रहने भएकाले हरेक वर्ष सहायता कक्ष सञ्चालन हुँदै आएको छ । यो वर्ष सोमबार देखि सुरु भएका यी सहायता कक्षहरू छठ पर्वसम्म सञ्चालनमा रहनेछन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise