दिपिन ढुंगाना / मध्यान्ह
सिन्धुपाल्चोक : गुड ह्यान्स नेपालले विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेको छ । सो संस्थाले हेलम्बु गाउँपालिकाको वडा नम्बर ३ भूमेश्वरी माध्यमिक विद्यालयका ९३ जना बालबालिकाको लागि न्यानो कपडा वितरण गरेको विद्यालयका प्रधानाध्यापक यम बहादुर ज्योतीले मध्यान्हल्ई जानकारी दिए । चिसो झन् झन् बढ्दै गएकाले विशेषगरी हिमाली भेगका गरिब तथा जेहेन्दार विद्याथीको लागि न्यानो कपडा सहयोग गरिएको गुड ह्यान्सका अध्यक्ष दावा ह्योल्मो बताए ।
विगत देखिनै शैक्षिक क्षेत्रमा विभिन्न विद्यालयहरुमा सहयोग गर्दै आएको गुड ह्यान्सले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष ह्योल्मोले जानकारी दिए ।
यसअघि पनि संस्थाले हेलम्बु गाउँपालिका वडा नम्बर ५को पदमेश्वरी विद्यालयका ६६ जना विद्यार्थीको लागि स्वेटर, टोपीजस्ता न्यानो कपडा वितरण गरेको थियो । गुड ह्यान्स नेपालले सिन्धुपाल्चोकमा भूकम्पपछि विद्यालयको भवन निर्माण, शिक्षक सहयोगदेखि शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु अगाडि बढाउँदै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies