२०८२ असोज ७ गते मङ्गलवार / Sep 23 , 2025 , Tuesday
२०८२ असोज ७ गते मङ्गलवार
Ads

सामाजिक रूपान्तरणमा अध्यक्ष नेपालको जोड

shivam cement
मध्यान्ह
२०८२ वैशाख ११ गते १०:४६
सामाजिक रूपान्तरणमा अध्यक्ष नेपालको जोड

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राष्ट्रिय पुँजीको विकास गरी उद्योगका माध्यमबाट जनताको आर्थिक तथा सामाजिक रूपान्तरण गर्नुपर्ने बताएका छन् ।

लोकतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नै आर्थिक विकासका माध्यमबाट सामाजिक रूपान्तरण गर्न सकिने बताएका छन् । 

निरङ्कुशता कदापि स्वीकार्य नहुने बताउँदै अध्यक्ष नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा सबै वर्ग, जाति समुदाय, धर्मावलम्बीलाई सामाजिक न्याय, समानता, राजनीतिक तथा आर्थिक अधिकार स्थापित गराउन सहज हुने सन्देशमा उल्लेख गरेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise