सहबान अन्सारी/मध्यान्ह
नवलपरासी : नवलपरासी जिल्लाअन्तर्गत नेपाल–भारत सीमा जोडिएका विभिन्न क्षेत्र हुँदै भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याइँदै गरिएको २४ लाख ७१ हजार ७ सय रुपैयाँ मूल्य बराबरको बिभिन्न मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार बर्दघाट नगरपालिका वडा नम्बर ४ टिसिन चोकमा भारतबाट अवैध रुपमा ल्याएर लुकाएर राखिएको २२५ थान डिजल पिस्टन प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले २२५ थान डिजल पिस्टन नियन्त्रणमा लिएको हो । प्रहरीले बरामद गरेको डिजल पिस्टनको मूल्य प्रतिथान १० हजारका दरले २२५ थानको करिब २२ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, रामग्राम नगरपालिका वडा नम्बर ७ उजैनीमा भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याइ लुकाएर राखेको अन्दाजी १ लाख ७६ हजार ७ सय मूल्य बराबरको चिनी, कपडा, चामल, बिस्कुट, सर्फ, तेल लगायतका बिभिन्न मालसामान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । उक्त बरामद सामान आवश्यक कारबाहीको लागी महेशपुर भन्सार कार्यलय बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
रामग्राम नगरपालिकाकै वडा नम्बर १० मन्जरीयामा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरिएको चार कार्टुन र दुई बोरामा अन्दाजी २५० केजी जिउँदो माछा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । बरामद गरिएको माछा स्थानीयको रोहवरमा खाल्डो खनी पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies