दिपेन्द्र श्रेष्ठ/मध्यान्ह
काठमाडौं यती टेक्निक फर्मा प्रालिको भगिनी संस्था कृषि समूह नेपालले नेपालका लागि फर्मा ट्याक्टरको एकमात्र आधिकारिक आयातकर्ता भई बिक्री वितरण थालेको छ । सोल्टी होटलमा एक कार्यक्रमका बीच उक्त ट्याक्टर बिक्री वितरणको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरे । उद्घाटनको क्रममा मन्त्री शर्माले कृषकका लागि ट्याक्टर एकदमै उपयोगी भएकाले भारतबाट पाटपुर्जा ल्याई नेपालमै उत्पादन थाल्ने हो भने नेपाल सरकारले चाहिएजति जग्गा उपलव्ध गराउने र उद्योग संचालनका लागि प्रति यूनिट ६ रुपैयाँमा विद्युत उपलव्ध गराउने बताए ।
नेपालमा फर्मा ब्राण्डको उन्नत प्रविधि युक्त ट्रयाक्टर लन्च गरिएको कृषि ग्रुपका अनिल श्रेष्ठले बताए ।
फर्मा ब्राण्ड परम्परागत युरोपेली विरासतमा कृषि र मोटर वाहन डोमेनमा ७५ वर्ष पुरानो कम्पनी हो । यो बोटोसानीको रोमानियाली टाउनशिपमा आधारित भएको र रोमानियाली स्टक एक्सचेन्जमा दर्ता गरिएको ट्याक्टर हो । भारतको स्वामित्वमा रहेको फमर्म ब्राण्ड युरोपेली प्रविधिको साथ भारतमा बनाइ विश्वमा निर्यात भइरहेको छ । कम्पनीले विशेष गरी कृषिमा समुदायको गुणस्तर सुधार्न, उद्यम र उद्यमशीलतामा पहल गर्न र एक विश्वसनीय व्यापार साझेदार बन्न उक्त कार्यक्रम गरेको बताए ।
अन्तर्राष्ट्रिय व्यापार भारतका प्रमुख अजय मल्लिकले फमर्म ब्रान्ड र यसको भिजन मिशन प्रस्तत गरेका थिए । कृषि समूहका अध्यक्ष तेज विक्रम थापाले यसको भगिनी सरोकार यति टेक्निक फार्म प्रालिको ग्राहकहरूलाई निर्वाधरूपमा सेवा दिनका लागि नेपालभर बिक्री र सेवा आउटलेटहरूको बलियो नेटवर्क बनाएको बताए ।
कार्यक्रममा नाडा र अन्य संघसंस्थाका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो भने केही ग्राहकहरुलाई ट्याक्टरको चाबी हस्तान्तरण गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies