तरुणा जोशी/मध्यान्ह
बझाङ : जीपको ढोकाबाट खसेर बझाङमा एक महिला घाइते भएकी छन् । बिहीबार दिउँसो बित्थडचिरबाट सदरमुकाम चैनपुर आउँदै गरेको म.१ ज.३४३ न.को जीपको ढोकाबाट खसेर एक महिला घाइते भएकी हुन् ।
घाइते हुनेमा बित्थडचिर गाउँपालिका ८ बस्ने अन्दाजी २६ कि उजलीदेवी अवस्थी रहेकी छिन् । चैनपुर आउने क्रममा छबिसपाथिभेरा गाउँपालिका १ जालेबगरमा जीपको ढोका खुल्दा खसेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनको बाहिरी चोट नदेखिएको र भित्रि चोट हुनसक्ने भएकोले उपचारको लागि जिल्ला अस्पताल सिमखेत बझाङ ल्याइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies