काठमाडौँ : नेपाली कांग्रेसले मधेस प्रदेशलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
जनकपुरमा आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए ।
मुख्यमन्त्री सिंहलाई जनमतले यसअघि नै राजीनामा दिन निर्देशन दिएको भए पनि अटेर गरिरहेका छन् । जनमतले आफ्नै पार्टी नेतृत्वको सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिइसकेको छ ।
जेन जेड आन्दोलनको क्रममा मुख्यमन्त्री सिंहले राजीनामा घोषणा गरेको भए पनि दिएका थिएनन् ।