२०८२ कार्तिक २७ गते बिहिवार / Nov 13 , 2025 , Thursday
२०८२ कार्तिक २७ गते बिहिवार
Ads

आयोगले निवर्तमान आइजिपीलाई किन लगायो उपत्यका छाड्न रोक ?

shivam cement
२०८२ कार्तिक २७ गते १३:२०
Shares
आयोगले निवर्तमान आइजिपीलाई किन लगायो उपत्यका छाड्न रोक ?

काठमाडौं : कार्यकाल सकिएको भोलिपल्टै भदौ २३ र २३ को घटना जाँचबुझ गर्न बनेको उच्चस्तरीय आयोगले निवर्तमान निवर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङलाई अनुसन्धानको घेरामा ल्याएको छ । उनलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक लगाइएको छ । 

आयोगले बिहीबार वक्तव्य जारी गरेरै खापुङलाई रोक लगाइएको जानकारी गराएको हो ।  ‘आजबाट सेवा निवृत्त हुनु भएकाले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुनेगरी निजको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृती बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने’, आयोगका प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको सूचनामा उल्लेख छ । 

आइजिपी खापुङले आयोगले मागेको जानकारी नदिएर असहयोग गरेको आरोप अध्यक्ष गौरीबहादुर कार्कीले सार्वजनिक रुपमै भनिसकेका छन् । ‘प्रहरीले मागेका विवरण समयमै नदिएर आयोगको एक महिना त्यत्तिकै गयो’ उनले भनेका थिए । उनीमाथि २३ गतेको प्रहरी दमनका बेला खटिएका इन्चार्जको विवरण नदिएको आरोप छ । 

आयोगले मागेको विवरणमा प्रहरीले आइजिपीदेखि जवानसम्म सबै फिल्डमै उत्रिएको जवाफ फर्काएको थियो । आयोगले २४ घण्टे स्पष्टीकरणसहित विवरण मागेपछि बल्ल प्रहरीले उपलब्ध गराएको उच्चस्रोत बताउँछ । खापुङलाई ५ सय रुपैयाँ जरिवाना गर्ने प्रस्तावसमेत आयोगले गरेको थियो । 

खापुङसँग असन्तुष्ट आयोगले उनको कार्यकाल सकिनासाथ प्रतिशोधकै शैलीमा विदेश भ्रमण र उपत्यकाबाहिर जान रोक लगाएको हो । 

ADV

ताजा खबर

सम्बन्धित खबर