
काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले जेन जेड आन्दोलनका क्रममा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा आइसकेको बताएका छन् ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बिहीबार उपस्थित भएका गृहमन्त्री अर्यालले यस्तो जानकारी गराएका हुन् ।
सरकार बन्दा अन्योलपूर्ण अवस्था रहेको भन्दै उनले अहिलेसम्म आइपुग्दा दुई महिनाको अवधिमा शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सकिएको दाबी गरेका छन् ।