
काठमाडौँ : निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ । छलफल निर्वाचन आयोगको कार्यालयमै सुरु भएको छ ।
आगामी फागुन २१ तारिखमा हुने निर्वाचनको तयार र आचारसंहिताबारे छलफल भइरहेको आयोगले जनाएको छ ।
बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राप्रपा, रास्वपा, जनता समाजवादी पार्टी, नेपाल, जनतमत, तमलोपा लगायतका दलहरू सहभागी छन् ।
आचारसंहितामा दलहरूले पालना गर्नु पर्ने, उम्मेदवारले पालना गर्नु पर्ने, संवैधानिक आयोग र जनप्रतिनिधि पालना गर्नुपर्ने विषयहरू उल्लेख गरिएको छ ।
यसपटक राजनीतिक दल र उम्मेदवारले चुनावी घोषणा पत्र आयोगमा बुझाउनु पर्ने र प्रत्येक वर्ष त्यसको कार्यान्वयनको अवस्थाको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने प्रावधान थपिएको छ ।