काठमाडौं : नेपाल नागरिक उडड्यन प्राधिकरणको निमित्त महानिर्देशक नियुक्ति विवादित बनेको छ ।
प्राधिकरणका निमित्त महानिर्देशक बनेका प्रेमनाथ ठाकुरको कनिष्ठताको विषयलाई लिएर विवाद सृजना भएको हो । प्राधिरणको निमित्त महानिर्देशकमा नियमको वेवास्ता गर्दै छैठौं बरियताका ठाकुरलाई जिम्मेवारी दिइएको भन्दै अन्य दाबेदारले असन्तुष्ट बनेका हुन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपोनेको निर्देशनमा उनीभन्दा माथिका महानिर्देशकहरूको बरिष्ठतालाई वेवास्ता गरिएको एक दाबेदार बताउँछन् ।
ठाकुर भन्दा माथि भोला प्रसाद गुरागाईं, प्रताव बाबु तिवारी, हंशराज पाण्डे, देवचन्दलाल कर्ण र गोविन्दप्रसाद दाहाल छन् । यीमध्ये कार्यालयमा सबैभन्दा २०७७ मंसिर १७ गते तिवारी र गुरागाईं उमिहानिर्देशक पदमा नियुक्त भएका थिए । महानिर्देशक पदका दाबेदार मानिएका गुरागाईंको पनि अनिवार्य अवकाशको समय करिब ४० दिन रहेका बताइन्छ ।
तर, दुई जनाको बरिष्ठतालाई वेवास्ता गर्दै गत मंसिर १५ मा मात्रै उपमहानिर्देशकमा बढुवा भएका ठाकुरलाई महानिर्देशकमा बढुवा गरिनु निकै चलखेल गरी कार्यालयको गरिमामा आँच पुग्ने गरी मानहानी गरिएको प्राधिकरण उच्च स्रोत बताउँछ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले भने उक्त कार्य नियमसंगत नै भएको दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता टेकनारायण पौडेलले भने, ‘सबै महानिर्देशकका दाबेदार हुन् । यसमा कुनै निर्देशनले काम गरेको होइन । नियम संगत हिसाबले नै गरिएको हो ।’
मन्त्रालय सचिव न्यौपाने भने मन्त्रीस्तरको निर्णय भएकाले यसमा सचिवको कुनै हात नभएको बताउँछन् । उनी भन्छन्, ‘प्रक्रियागत हिसाबले नाम आउँछन् । मन्त्रीको स्तरबाट निर्णय हुन्छ । मेरो केही हात छैन ।’ तर, विभागीय सचिवको हिसाबले मन्त्रालय मातहतमा हुने नियुक्तिहरू सचिवको सहभागिता बिना भने हुँदैन । विभागीय मन्त्री प्रेम आलेले भने सो विषयमा मन्त्रालयका सचिव वा प्रवक्तालाई थाहा हुने बताए ।
हुन त प्राधिकरणको महानिर्देशक नियुक्त गर्ने प्रमुख काम प्राधिकरण सञ्चालक समितिको हुन्छ । सञ्चालक समितिको अध्यक्षमा विभागीय मन्त्री रहन्छ । समितिको सदस्यमा मन्त्रालयका सहसचिव, अर्थमन्त्रालयबाट एक जना र अन्य तीन जना निजी क्षेत्रबाट रहन्छन् । तर नियुक्तिका लागि सिफारिस भने सचिवले गर्ने गर्छन् । यसअघि गत कात्तिक १० गते राजकुमार क्षेत्रीलाई संचालक समितिले चार वर्षे कार्यकालका लागि महानिर्देशकमा नियुक्त गरेको थियो ।
तर क्षेत्रीको उमेर हदका कारण यहि पुस २५ गतेदेखि अनिवार्य अवकाश पाए । अवकासका लागि २३ गते मन्त्रालयबाट पत्र पाएका क्षेत्रीले आफूलाई चार वर्षे कार्यकाल काम गर्न पाउँ भन्दै २१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दाका आधारमा सर्वोच्चले अल्पकालीन आदेश दिँदै निजलाई मिति पुस मसान्तसम्मका लागि महानिर्देशकबाट नहटाउन भनेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies