२०८२ कार्तिक २७ गते बिहिवार / Nov 13 , 2025 , Thursday
२०८२ कार्तिक २७ गते बिहिवार
Ads

फरक बिल बिजकका सामानसहित भारतीय ट्रक नियन्त्रणमा

shivam cement
शहबाज खान
२०८२ कार्तिक २७ गते २१:५६
Shares
फरक बिल बिजकका सामानसहित भारतीय ट्रक नियन्त्रणमा

कपिलवस्तु : कपिलवस्तुमा बिल बिजकभन्दा फरक सामान ल्याउँदै गरेका चार वटा ट्रकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ । करोडौं मूल्यका सामग्री समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

मयादेवी गाउँपालिका–२ स्थित भारतीय टेलर गाडीहरूमा बिल बिजकमा उल्लेखभन्दा फरक तथा बढी परिमाणमा सामान ल्याइँदै गरेको विशेष सूचनाका आधारमा उक्त कारबाही गरिएको हो । जिल्ला प्रमुख प्रहरी उपरीक्षक आर्यालको निर्देशनमा प्रहरी निरीक्षक सुशील खनाल नेतृत्वको टोलीले बिहीबार दिउँसो ट्रकहरू नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रकहरूमा यूपी ५१ बीटी ३९३२, एचआर ६९ ई ९०३९, र एचआर ५८ बी ८६८७ नम्बरका भारतीय ट्रक रहेका छन् । ती ट्रकहरूमा डि–अइल्ड केक (कुखुरा दाना), बासमती चामल र सोया डक लगायतका सामानहरू फेला परेका छन् । 

बरामद सामग्रीको कुल मूल्य करिब १ करोड ८० लाख १४ हजार १ सय ६९ रुपैयाँ रहेको प्रहरी कार्यालयले जनाएको छ । बरामद गरिएका सामग्री र ट्रक चालकहरूलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए । 

ADV

सम्बन्धित खबर