
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सर्वोच्च अदालतबाट मिसिल झिकाउन आदेश दिएको छ ।
न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश दिएको हो ।
रविले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् ।