२०८३ मंसिर ५ गते शनिवार / Nov 21 , 2026 , Saturday
२०८३ मंसिर ५ गते शनिवार

मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

Nada
२०८३ मंसिर ५ गते १४:१२
Shares
मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

काठमाडौँ : मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा (३) अनुसार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।

प्रदेश प्रमुखको कार्यालयमा आज बोलाएर यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । उनी यसअघि दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री पनि बनेका थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर