
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालमा राक्षसीराज चलिरहेको टिप्पणी गरेका छन् ।
एमालेको जनवर्गिय संगठन नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उनले यस्तो टिप्पणी गरेका हुन् । राक्षसीराज अझै चलिरहे नेशनल युथ फोर्स आन्दोलनमा उत्रिने उनले चेतावनी दिए । आफूलाई विनाकारण गिरफ्तार गरेर सरकारले राक्षसराज संचालन गरिरहेको पुष्टि गरेको उनको भनाइ छ ।
आफू पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष रहेको व्यक्तिलाई १३ दिन सरकारले विनाकारण हिरासतमा राखिएको उनले बताए । उनले पार्टी अध्यक्ष गिरफ्तार परेपछि शान्तिपूर्ण आन्दोलनमा उत्रेका कार्यकर्तालाई सरकारले दुव्यवहार गरेको आरोप लगाए । अब शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरे नेशनल भोलिन्टियर फोर्सले प्रतिवाद गर्ने उनको भनाइ छ । उनले नेशनल भोलिन्टियर फोर्स देखाउनका लागि मात्रै गठन नगरेको उल्लेख गरे । नेशनल भोलेन्टियर्स फोर्स आफै निहुँ नखोज्ने र कोही निहुँ खोज्न आए चुप लागेर नबस्ने उनको भनाइ छ ।