एजेन्सी : ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को दिल्लीस्थित कार्यालयमा मंगलबार आयकर विभागले छापा मारेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बीबीसीको दिल्लीस्थित कार्यालयमा मंगलबार आयकर विभागका कर्मचारीले छापा मारेका हुन् ।
छापामारीमा ६० देखि ७० जना आयकर विभागको टोली संलग्न रहेको र सबै कर्मचारीको फोन जफत गरेर उनीहरुलाई कार्यालय छोडेर घर जान भनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । लण्डनस्थित बीबीसीको कार्यालयमा छापामारीको जानकारी दिइएको पनि बताइएको छ ।
बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेको एक वृत्तचित्र प्रसारण गरेको हप्तापछि त्यहाँ आयकर विभागले छापा मारेको हो ।
मोदी गुजरात राज्यको मुख्यमन्त्री हुँदा सन् २००२ मा भएको साम्प्रदायिक दंगाको विषयलाई लिएर तयार पारिएको उक्त वृत्तचित्रको पहिलो भाग १७ जनवरीमा सार्वजनिक भएको केही समयमा नै भारतमा ब्लक गरिएको थियो ।
यसैबीच बीबीसीको तर्फबाट पहिलो बयान सार्वजनिक भएको छ । बीबीसीले आफूहरूले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताएको छ । यो मुद्दा छिटोभन्दा छिटो सुल्झिने पनि आफूहरूले अनुमान गरेको बताएको छ । जारी बयानमा बीबीसीले भनेको छ, ‘आयकरको टिम अहिले पनि कार्यालयमा छ र हाम्रो तर्फबाट पुरा सहयोग हुँदै छ । यो मुद्दा छिटोभन्दा छिटो सुल्झिने आशा छ ।’
यता कांग्रेसले ट्वीट गर्दै यसलाई अघोषित आपतकाल बताएको छ । टिएमसी सांसद महुआ मित्राले भनिन्, ‘यो अचम्मित गर्ने खालको ।’ बीबीसीको अफिसमा आइटीको छापाको खबरलाई टिएमसी सांसद महुआ मोइत्राले अचम्मित गर्ने खालको बताएको छ । मोइत्राले ट्वीट गरेकी छन्, ‘बीबीसीको दिल्ली कार्यालयमा आयकरको छापामारी, कस्तो अपत्यारिलो ।’
एजेन्सी : टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन् । भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । उद्धार कार्य जारी रहेको छ भने भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या अझै हजारौँ रहेको हुनसक्ने अनुमान गरिएको छ ।
गत सोमबारको विनाशकारी भूकम्पपछि भत्किएका भवनको भग्नावशेषमा करिब सात दिनसम्म फसेका एक बालक र ६२ वर्षीया महिलालाई चमत्कारिक रूपमा उद्धार गरिएको हो । सात वर्षीय मुस्तफालाई दक्षिणपूर्वी टर्कीको हताय प्रान्तबाट उद्धार गरिएको छ भने नाफिज यिल्माजलाई नुर्डागीबाट उद्धार गरिएको छ । दुवै जना १६३ घण्टासम्म भग्नावशेषमा फसेका थिए ।
टर्कीको विपद् व्यवस्थापन निकायका अनुसार टर्कीका ३२ हजारभन्दा बढी व्यक्ति खोजी तथा उद्धारकार्यमा जुटेका छन् भने आठ हजार २९४ जना अन्तर्राष्ट्रिय उद्धारकर्ताले पनि उद्धार गरिरहेका छन् । बेलायती खोजी टोलीका एक सदस्यले आइतबार ट्वीटरमार्फत् पोस्ट गरेको भिडियोमा एक उद्धारकर्ताले भग्नावशेषबाट बनेको सुरुङबाट तल झरेर हातायमा भग्नाबशेषमा रहेका टर्कीका एक व्यक्तिलाई उद्धार गरिएको देखिन्छ ।
खोज टोलीहरू समय वित्दै जाँदा हराइरहेका थप व्यक्तिहरूको उद्धारमा खटिरहेका छन् । विशेषज्ञहरूले भग्नावशेषमा जीवित व्यक्तिहरू फेला पार्ने आशा प्रत्येक दिन धुमिल बन्दै गएको बताएका छन् । उद्धार टोलीहरूले सेन्सर र उन्नत खोजी उपकरणहरूको अभावमा काम गरिरहेको र यसले उद्धारमा ढिलाई भएको बताएका छन् ।
उद्धारकर्ताहरूले सावधानीपूर्वक बेल्चा तथा अन्य हाते उपकरण भग्नावशेषलाई खन्न र अवरोध हटाउन बाध्य भएको बताएका छन् ।उत्तरपश्चिम सिरियाको जाबलेहका नागरिक सुरक्षा प्रमुख अला मौबाराकले भन्नुभयो, “यदि हामीसँग आधुनिक उपकरण भएको भए हामी सयौंको ज्यान बचाउनसक्थ्यौं ।” एएफपी
एजेन्सी : टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् । बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ ।
दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बिहीबार बिहान सार्वजनिक गरेको तथ्याङ्कमा सो जानकारी दिइएको समाचारमा जनाइएको छ । बिहीबार बिहानसम्म टर्कीमा भूकम्पबाट ज्यान जाने नागरिक १२ हजार तीन सय ९१ जना पुगेका छन् । टर्कीको बिपत व्यवस्थापन विभागलाई उद्धृत गर्दै सो समाचार दिइएको छ ।
त्यस भूकम्पबाट टर्कीका धेरैको मृत्यु भएको बताइएको छ । टर्कीका राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी १२ हजार तीन सय ९१ जनाको मृत्यु भएको छ । यसअघि टर्कीको विपद् व्यवस्थापन निकायले ४४ हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो । घाइते भएकाहरु अस्पताल पुर्याइएको छ र अस्पतालमा नै मानिसहरुको निधन भएका समाचारहरु आइरहेका छन् ।
उता सिरियामा पनि सो भूकम्पमा परी बिहीबारसम्म ज्यान जाने व्यक्तिको सङ्ख्या एक हजार दुई सय नाघेको छ । त्यहाँ दुई हजार जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७।७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६।४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
टर्की र सिरियामा सोमबार गएका दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि जुटेका छन् । धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् ।
यसै क्रममा चिनियाँ उद्धार टोली पनि चार्टर्ड विमानबाट टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधबार अदाना विमानस्थलमा आइपुगेको छ ।
उता अमेरिकी अधिकारीहरुले पनि उद्धारको कामका लागि अमेरिकी टोली पठाइएको बताएकमा छन् । संयुक्त राष्ट्रसङ्घले पनि विभिन्न सहायता एजेन्सी पठाएर सहयोग गरिरहेको जनाएको छ । सिन्ह्वा
एजेन्सी : टर्कीको गाजी एन्टेप सहर नजिक सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३ हजार ५ सय नाघेको छ ।
यससँगै घाइतेको संख्या १२ हजारभन्दा बढी रहेको बताइएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।
टर्कीमा मात्रै कम्तीमा २ हजार ९ सय २१ जनाको मृत्यु भएको विपद् तथा आपतकालिन निकायका प्रमुखले जनाएका छन् ।
सिरियामा १ हजार ४ सय भन्दा बढीले ज्यान गुमाएको विवरणहरू सार्वजनिक भएका छन्।
भूकम्पपछि उद्धार कार्यलाई तीव्रता दिनका लागि अन्तर्राष्ट्रिय उद्धारकर्मी टर्की पुग्ने क्रम जारी छ ।
तर अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गरिरहेको सिरियामा सहायता पुग्न ढिलाइ भएको बताइएको छ ।
एजेन्सी : टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान एएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण दुई हजारभन्दा बढीले ज्यान गुमाएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो । उक्त भूकम्पका कारण टर्की र सिरियामा गरी दुई हजारभन्दा बढीको मृत्यु भएको हो ।
यस्तै उक्त भूकम्प गएको केही घण्टापछि सोही क्षेत्रमा दोस्रो शक्तिशाली भूकम्प गएको थियो । यूएस जियोलोजिकल सर्भेका अनुसार उक्त भूकम्पको शक्ति ७.५ म्याग्निट्युड रहेको मापन गरिएको थियो । भूकम्पपछि टर्की सरकारले देशमा संकटकाल घोषणा गरेको छ ।
सिरियामा जारी गृहयुद्ध र अन्य द्वन्द्वका कारण लाखौं मानिसले भरिएको यस क्षेत्रका प्रमुख शहरहरूको पूरै क्षेत्रलाई कम्पन गर्ने गरी करिब एक शताब्दीयताकै सबैभन्दा शक्तिशाली भूकम्प ग्एको हो । सिरियाको राष्ट्रिय भूकम्प केन्द्रका प्रमुख राएद अहमदले सरकारी रेडियोसँग भने, ‘केन्द्रको स्थापनापछि रेकर्ड गरिएको यो सबैभन्दा ठूलो भूकम्प हो ।’
टर्कीका उपराष्ट्रपति फुआत ओक्टेले सोमबार टर्कीमा कम्तीमा १ हजार ३ सय भन्दा बढीको मृत्यु तथा पाँच हजार भन्दा बढी व्यक्ति घाइते भएको र केही प्रमुख शहरमा खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् । यस्तै सिरियामा भूकम्पमा परी ८ सय भन्दा बढीको मृत्यु भएको छ ।
मुख्य सडकहरू हिउँले ढाक्नेगरी आएको हिउँदे हिमआँधीका कारण उद्धारमा बाधा पुगेको टर्कीका उद्धारकर्मीहरूले बताएका छन् । टर्कीका मानिसहरू हिउँमा पाइजामा लगाएर उभिएर उद्धारकर्ताहरूले क्षतिग्रस्त घरहरूको भग्नावशेष खनेको टेलिभिजनद्वारा प्रशारित भिडियो तथा तस्वीरहरूमा देखाइएको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार टर्की र सिरियाको सीमा क्षेत्रमा रहेको गाजियान्टेप शहर नजिकै भूकम्प गएको थियो । टर्कीको एएफएडी आपतकालीन सेवा केन्द्रले ७.८ म्याग्निच्यूडको पहिलो भूकम्प गएको र त्यसपछि ४० भन्दा बढी पराकम्प गएको जनाएको छ ।
जकार्ता : विश्वव्यापी अनिश्चितता र अन्तिम त्रैमासिकमा देखिएको मन्दीका बावजुद इन्डोनेसियाको आर्थिक वृद्धि दर सन् २०२२ मा नौ वर्षयताकै उच्च विन्दुमा पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । सन् २०२० मा इन्डोनेसियाको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) २.०७ प्रतिशतले खुम्चिएपछि यसको निर्यात र पर्यटनमा निर्भर अर्थतन्त्रमा ठूलो असर परेको थियो ।
तर दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रमा त्यसयता उकालो लागेको छ र गत वर्ष ५.३१ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गरेको तथ्याङ्क इन्डोनेसियाली सरकारले सोमबार सार्वजनिक गरेको छ । “सन् २०२२ मा इन्डोनेसियाको अर्थतन्त्र बलियो रुपमा वृद्धि भएको तथ्याङ्कले देखाउँछ,’ तथ्याङ्कसम्बन्धी निकायका प्रमुख मार्गो युवोनोले भने ।
उनले उच्च निर्यात मूल्य र यात्रा प्रतिबन्ध हटाइएका कारण वृद्धि भएको र मार्चमा क्वारेन्टाइनको आवश्यकतामा कमी आएसँगै व्यापारलाई बढावा दिइएको र पर्यटक आगमनमा वृद्धि भएको बताए । युवोनोले भने, “लगभग सबै अन्तर्राष्ट्रिय विमानस्थलहरू पुनः सञ्चालनमा आएपछि मानिसहरूको आर्थिक गतिविधि बढेको छ ।
देशले वर्षको पहिलो छ महिनामा सात लाख ४० हजारभन्दा बढी आगन्तुकहरूलाई स्वागत गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ८०० प्रतिशत भन्दा बढीको वृद्धि हो । जुलाई–सेप्टेम्बरको एक मजबूत अवस्थापछि वर्षको अन्तिम त्रैमासिकमा सुस्त वृद्धिको बावजुद वार्षिक वृद्धि बलियाृ देखिएको हो ।
इन्डोनेसियाको अक्टोबर–डिसेम्बरमा आर्थिक वृद्धिदर ५.०१ प्रतिशतले बढेको छ, जुन अघिल्लो तीन महिनामा ५.७२ प्रतिशत थियो । तर सन् २०२१ मा कोरोना भाइरसको सङ्क्रमण घट्न थालेपछि पाम आयल, कोइला र निकेलजस्ता प्रमुख वस्तुको निर्यात मूल्यमा उल्लेख्य वृद्धि भएपछि यसले महामारीको न्यूनताबाट आफ्नो वार्षिक वृद्धिलाई ३.६९ प्रतिशतले कायम राखेको छ ।
अर्थशास्त्रीहरूका अनुसार सुधारका बाबजुद यस वर्ष देशको आर्थिक वृद्धिदर केही सुस्त हुने अनुमान गरिएको छ । क्यापिटल इकोनोमिक्सका वरिष्ठ एशिया अर्थशास्त्री ग्यारेथ लेदरले भने, “कमजोर विश्वव्यापी माग, उच्च मुद्रास्फीति र उच्च ब्याज दरले गतिविधि खुम्चिएकोले यस बर्ष आर्थिक वृद्धि दरमा थप कमजोरी आउनसक्ने देखिन्छ । “आगामी त्रैमासिकहरूमा वृद्धि अझ सुस्त हुने अनुमान गरिएको छ । सिन्ह्वा
एजेन्सी : टर्कीको दक्षिणी क्षेत्रमा गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परेर तीन सय भन्दा बढीको मृत्यु भएको छ ।
अधिकारीहरुका अनुसार भूकम्पमा टर्की र सिरियामा गरी हालसम्म तीन सय भन्दा बढीको मृत्यु भएको हो ।
हालसम्म टर्कीमा ७६ र सिरियामा २ सय ३७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिक टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको हो ।
पहिलो भूकम्प गएको केही मिनेटपछि अर्को शक्तिशाली भूकम्पको धक्का महसुस भएको थियो ।
यसपछि पूरै क्षेत्रमा एकपछि अर्को धेरै परकम्पहरू महसुस गरिएको छ ।
टर्की, लेबनान, सिरिया, साइप्रस, इजरायल र प्यालेस्टाइनमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पपश्चात टर्की सरकारले देशमा संकटकाल लगाएको छ । राहत र उद्धार कार्य तीव्र गतिमा भइरहेको छ ।
एजेन्सी : टर्कीको दक्षिणी क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्प प्रभावित क्षेत्र गाजिएनटेपमा लगभग २० लाख जनसंख्या छ । त्यसमध्ये धेरैजसो सिरियाली शरणार्थी रहेको बीबीसीले जनाएको छ ।
भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ । भूकम्पको धक्का राजधानी अङ्कारासहितका क्षेत्र तथा लेबनान, सिरिया र साइप्रसमासमेत महसुस गरिएको खबरमा उल्लेख छ ।
मस्काे : सेभास्टोपोल नजिक निर्माणस्थलमा कामदारका लागि बनाइएको अस्थायी आवासमा आगलागी हुँदा आठ जना मजदूरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
आज बिहान सवेरै अस्थायी आवासमा आगो सल्किएको र त्यसको कारण स्पष्ट भइनसकेको स्थानीय आकष्मिक सेवाका कर्मचारीलाई उद्धृत गर्दै रिया नोवोस्तीले जनाएको छ ।
आगो दुई सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको थियो । दुईतले अस्थायी आवासीय भवनमा आगो लाग्दा एक सय ८५ जना कामदार थिए । सिन्ह्वा
एजेन्सी : भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बुधबार आफ्नो पाँचौं बजेट प्रस्तुत गरेकी छन् । यो नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको अन्तिम पूर्ण बजेट हो । उनले बजेट भाषणको शुरुवातमै अमृतकालकाको पहिलो बजेट भएको भन्दै शुरुवातको समयमा जुन बजेट ल्याइएको थियो त्यसबाट आफू धेरै अघि बढेको घोषणा गरेकी छिन् ।
सीतारमणले पुँजीगत खर्चमा ५० प्रतिशतले बढोत्तरी गर्दै २०२३–२४ का लागि १०.५ लाख करोड विनियोजन गरेकी छिन् । २०१९ मा पुँजीगत खर्च ३.१ लाख करोड रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षमा ७.५ लाख करोड विनियोजन गरिएको थियो । यो आर्थिक वर्षका लागि ३ लाख करोड बजेटको आकार बढाइएको उनले जानकारी दिइन् ।
अहिले प्रत्येक वर्ष पाँच लाखको आय हुनेहरुले वार्षिक रुपमा कुनै कर तिर्न नपर्ने सिलिङ रहेको थियो । बजेटले त्यसलाई बढाएर ७ लाख पु¥याएको छ । त्यस्तै नेक्स्ट जेनेरेसन ट्याक्स फारम पनि जारी गरिएको छ । त्यस्तै को–अपरेसन क्षेत्रमा ३१ मार्च २०२४ सम्म काम शुरु गर्ने कम्पनीको १५ प्रतिशत छुट दिने घोषणा गरिएको छ ।
सरकारले आफ्नो बजेटमा अग्निपथ योजनामा भर्ती हुने अग्निवीरहरु लागि जम्मा हुने कोषमा कर नलाग्ने घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वकांक्षी योजना अग्निपथ भारतमा विरोध भएपछि त्यसमा आकर्षण बढाउन सरकारले बजेटमार्फत यस्तो स्किम ल्याएको हो ।
अग्निवीरहरुको सरकारका तर्फबाट जम्मा गरिदिने रकममा कर लाग्ने छैन । अग्निवीर योजनाअन्र्तगत चार सातापछि कामबाट अवकाश पाउने व्यक्तिले ११.७१ लाख रुपैयाको सेवा निधि पनि पाउने बजेटमा उल्लेख छ । वित्तमन्त्री सीतारमणले यो सेवा निधिलाई ट्याक्स फ्रि बनाउने योजना सरकारको रहेको बताइन् ।
भारतीय रेलवेलाई २.४० लाख करोड विनियोजन गरिएको छ । २०१३–१४ को तुलनामा रेलवेको यो बजेट झण्डै ९ गुणा बढी हो । अन्त्योदय योजना अन्तर्गत गरिबलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने समय एक वर्षको लागि थपिएको छ ।
सहरी पूर्वाधार विकासका लागि प्रत्येक वर्ष १० हजार करोड रुपैयाँ, पीएम आवास योजनामा ६६ प्रतिशत वृद्धि, ७९ हजार करोड रुपैयाँ, कृषिको लागि ऋणको लक्ष्य द्दण् लाख करोड रुपैयाँ पु¥याउने, राज्य सरकारहरूलाई १५ वर्षको लागि ब्याजमुक्त ऋण, आगामी तीन वर्षमा अनुसूचित जाति मिशनमा १५ हजार करोड रुपैयाँ खर्च गरिनेछ ।
पीएम सुरक्षा अन्तर्गत ४४.६ करोड जनतालाई बीमा सुविधा, गोवर्धन योजनाका लागि १० हजार करोड विनियोजन गरिनेछ । क्षेत्रीय कनेक्टिभिटी बढाउन ५० नयाँ विमानस्थल, हेलिप्याड, अत्याधुनिक अवतरण स्थल, वाटर एरो ड्रोन निर्माण गरिनेछ ।
यस्तै आगामी ३ वर्षसम्म १ करोड किसानलाई प्राकृतिक खेतीमा सघाइनेछ । यसका लागि १० हजार बायो इनपुट रिसोर्स सेन्टरहरू स्थापना गरिनेछ । युवाहरूको कृषि स्टार्टअप प्रवद्र्धधन गर्न कृषि कोष स्थापना गरिनेछ ।
सहकारीबाट समृद्धि, किसानका लागि यो कार्यक्रम सञ्चालन गरिनेछ । यसमार्फत ६३ हजार कृषि संस्थालाई कम्प्युटराइज्ड गरिनेछ । पशुपालन तथा मत्स्यपालन क्षेत्रमा कर्जा प्रवाहको गति बढाइनेछ । बहुउद्देश्यीय कर्पोरेट समाजको प्रवद्र्धन गरिनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies