एजेन्सी : भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बुधबार आफ्नो पाँचौं बजेट प्रस्तुत गरेकी छन् । यो नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको अन्तिम पूर्ण बजेट हो । उनले बजेट भाषणको शुरुवातमै अमृतकालकाको पहिलो बजेट भएको भन्दै शुरुवातको समयमा जुन बजेट ल्याइएको थियो त्यसबाट आफू धेरै अघि बढेको घोषणा गरेकी छिन् ।
सीतारमणले पुँजीगत खर्चमा ५० प्रतिशतले बढोत्तरी गर्दै २०२३–२४ का लागि १०.५ लाख करोड विनियोजन गरेकी छिन् । २०१९ मा पुँजीगत खर्च ३.१ लाख करोड रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षमा ७.५ लाख करोड विनियोजन गरिएको थियो । यो आर्थिक वर्षका लागि ३ लाख करोड बजेटको आकार बढाइएको उनले जानकारी दिइन् ।
अहिले प्रत्येक वर्ष पाँच लाखको आय हुनेहरुले वार्षिक रुपमा कुनै कर तिर्न नपर्ने सिलिङ रहेको थियो । बजेटले त्यसलाई बढाएर ७ लाख पु¥याएको छ । त्यस्तै नेक्स्ट जेनेरेसन ट्याक्स फारम पनि जारी गरिएको छ । त्यस्तै को–अपरेसन क्षेत्रमा ३१ मार्च २०२४ सम्म काम शुरु गर्ने कम्पनीको १५ प्रतिशत छुट दिने घोषणा गरिएको छ ।
सरकारले आफ्नो बजेटमा अग्निपथ योजनामा भर्ती हुने अग्निवीरहरु लागि जम्मा हुने कोषमा कर नलाग्ने घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वकांक्षी योजना अग्निपथ भारतमा विरोध भएपछि त्यसमा आकर्षण बढाउन सरकारले बजेटमार्फत यस्तो स्किम ल्याएको हो ।
अग्निवीरहरुको सरकारका तर्फबाट जम्मा गरिदिने रकममा कर लाग्ने छैन । अग्निवीर योजनाअन्र्तगत चार सातापछि कामबाट अवकाश पाउने व्यक्तिले ११.७१ लाख रुपैयाको सेवा निधि पनि पाउने बजेटमा उल्लेख छ । वित्तमन्त्री सीतारमणले यो सेवा निधिलाई ट्याक्स फ्रि बनाउने योजना सरकारको रहेको बताइन् ।
भारतीय रेलवेलाई २.४० लाख करोड विनियोजन गरिएको छ । २०१३–१४ को तुलनामा रेलवेको यो बजेट झण्डै ९ गुणा बढी हो । अन्त्योदय योजना अन्तर्गत गरिबलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने समय एक वर्षको लागि थपिएको छ ।
सहरी पूर्वाधार विकासका लागि प्रत्येक वर्ष १० हजार करोड रुपैयाँ, पीएम आवास योजनामा ६६ प्रतिशत वृद्धि, ७९ हजार करोड रुपैयाँ, कृषिको लागि ऋणको लक्ष्य द्दण् लाख करोड रुपैयाँ पु¥याउने, राज्य सरकारहरूलाई १५ वर्षको लागि ब्याजमुक्त ऋण, आगामी तीन वर्षमा अनुसूचित जाति मिशनमा १५ हजार करोड रुपैयाँ खर्च गरिनेछ ।
पीएम सुरक्षा अन्तर्गत ४४.६ करोड जनतालाई बीमा सुविधा, गोवर्धन योजनाका लागि १० हजार करोड विनियोजन गरिनेछ । क्षेत्रीय कनेक्टिभिटी बढाउन ५० नयाँ विमानस्थल, हेलिप्याड, अत्याधुनिक अवतरण स्थल, वाटर एरो ड्रोन निर्माण गरिनेछ ।
यस्तै आगामी ३ वर्षसम्म १ करोड किसानलाई प्राकृतिक खेतीमा सघाइनेछ । यसका लागि १० हजार बायो इनपुट रिसोर्स सेन्टरहरू स्थापना गरिनेछ । युवाहरूको कृषि स्टार्टअप प्रवद्र्धधन गर्न कृषि कोष स्थापना गरिनेछ ।
सहकारीबाट समृद्धि, किसानका लागि यो कार्यक्रम सञ्चालन गरिनेछ । यसमार्फत ६३ हजार कृषि संस्थालाई कम्प्युटराइज्ड गरिनेछ । पशुपालन तथा मत्स्यपालन क्षेत्रमा कर्जा प्रवाहको गति बढाइनेछ । बहुउद्देश्यीय कर्पोरेट समाजको प्रवद्र्धन गरिनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies