काठमाडौं : नेपाल फाइभ पी प्रदर्शनी शुक्रबारदेखि शुरु भएको छ । कांग्रेस महामन्त्री गगन थापाले, मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयुक्त आयोजनामा शुक्रबारदेखि शुरु भएको तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गरेका हुन् ।
काठमाडौंको भृकुटी मण्डपमा शुरु भएको प्रदर्शनीमा नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङसंग सरोकार राख्ने उद्योगी व्यवसायीलगायत सहभागी छन् । नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङसंग सरोकार राख्ने व्यापारी व्यवसायी तथा सरोकारवाललाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी गर्दै नवीनतम प्रविधि प्रदर्शनका लागि प्रदर्शनी उपयोगी हुने आयोजकको अपेक्षा छ ।
प्लास्टिक प्रोसेससङ मेसनरीका उत्पादनहरू, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोलिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी प्रदर्शनीमा राखिएको छ । त्यस्तै प्रदर्शनीमा सबै खाले कागज र स्पेर पार्टस्, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरूले उत्पादन गरेका सामग्रीसमेत अवलोकन तथा आवश्यकता अनुसार खरिद तथा प्रयोग सम्बन्धी ज्ञान लिन सकिने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका १५० भन्दा बढी स्टल राखिएको छ । प्रदर्शनी अवलोकन गर्न चाहनेले निःशुल्क प्रवेश पाउने आयोजकले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies