काठमाडौं : गितारिस्ट एवं गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण गरिएको छ । एक विशेष समारोहबीच वरिष्ठ संगीतकार किशोर गुरुङको प्रमुख आतिथ्यतामा उक्त पुस्तक लोकार्पण गरिएको हो ।
पुस्तकका लेखक सुनिल गुरुङ, ज्योति घिमिरे, एम शाही, गौरव शर्मा, ओम शाही, विक्रम थापालगायतले पुस्तकको लोकार्पण गरेका हुन् । यो पुस्तक गितार सिक्न चाहनेका लागि एकदमै उपयोगी रहेको प्रमुख अतिथिहरूले बताए । उनीहरूले गितार सिक्न चाहनेका लागि यस्तो खालको पुस्तक नेपाली पाठकमाझ नआएकाले यो धेरै उपयोगी हुने बताए ।
सुनिल गुरुङ पुरानो पुस्ताको गायक तथा गितारिस्ट हुन् । उनले सन् १९८२ मा स्ट्रिङ्गस ब्याण्ड खोलेका थिए । यो ब्याण्डमा उनीसँगै सुमन लामा, सुदेश देवान, निर्मल देवान, गौरव शर्मा र तिलक थापा मगर रहेका थिए । यो ब्याण्डले थुप्रै गीतसंगीत बजारमा ल्याएको छ ।
ठमेलमा लाइभ म्युजिक गर्ने यो पहिलो ब्याण्ड थियो । यस ब्याण्डमा पछि वासु खड्का, सुनिल सिंह, प्रवीन श्रेष्ठ, सोनम श्रेष्ठ रहे भने अहिले सरोज शाहीले यसलाई अगाडि बढाइरहेका छन् । यसमा अहिले सरोजसँगै दिपक प्रधान, कुन्दन जोशी, शरण देउला र सौरभराज जोशी छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies