२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

अचम्मको अज्ञानता !

hardik ivf
२०८१ माघ २३ गते ०६:१५
अचम्मको अज्ञानता !

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले दोस्रो कार्याकालका निम्ति शपथ लिएसँगै यसको असर विश्वब्यापी रूपमा परेको छ । ट्रम्पले पूर्वघोषणा बमोजिम विश्व स्वास्थ्य संगठनबाट अलग हुने, गैरकानुनी आप्रवासीहरूलाई उसकै देश फर्काउने, विदेशी उत्पादनमा कर बढाउने, जलवायु परिवर्तन सम्बन्धी कार्यक्रमबाट अलग हुने, यूएसएआईडी परियोजनाको अनुदान रोक्ने लगायत निर्णय कार्यान्वयनमा लगेका छन् । ट्रम्प प्रशासनको नयाँ निर्णयबाट धेरै प्रभावित हुने देशमा नेपाल पनि परेको छ । गैरकानूनी आप्रवासीलाई स्वदेश फिर्ता गर्ने निर्णयका कारण १३ सय बढी नेपाली संकटमा परेका छन् । उनीहरूलाई स्वदेश फर्काउनेमा ट्रम्प प्रशासन अडिग देखिएको छ । ट्रम्प प्रशासनको दोस्रो ठूलो असर भने अनुदान कार्यक्रम रोक्ने निर्णय देखिन्छ । 

नेपाल सरकारका अधिकारीहरूका अनुसार युएसएआईडी परियोजनाका कार्यक्रमहरू रोक्न परिपत्र भइसकेको छ । कम्तिमा ९० दिन यी कार्यक्रमहरू निलम्बन गर्ने परिपत्र आएको छ । यी परिपत्रका कारणले नेपालमा सञ्चालित झण्डै खर्बको कार्यक्रम अवरूद्ध हुनेछन् । यो परियोजना अन्तर्गत नेपालमा स्वास्थ्य, कृषि, शिक्षा र समावेशीता सम्बन्धी कार्यक्रमहरू चल्दै आएको छ । विशेषगरी कुपोशनविरूद्धको कार्यक्रम प्रभावित हुने देखिन्छ । ट्रम्प प्रशासनको परोक्ष असर अझ धेरै क्षेत्रमा पर्न सक्छ । किनकि ट्रम्प प्रशासनका कारण विश्व अर्थतन्त्रमै ठूलो असर आउने अनुमान गर्न सकिन्छ । क्यानडा, मेक्सिको, चीन लगायत देशहरुको उत्पादनमा चर्को कर लगाउने ट्रम्पको निर्णयका कारण विश्व अर्थतन्त्रमा असर पर्ने खतरा छ । किनकि विश्व शक्ति बनिरहेका देशहरूले अमेरिकालाई जवाफ नफर्काउने कुरै हुँदैन । 

अर्थात आगामी दिन नेपालकै निम्ति पनि संकटपूर्ण छ । किनकि नेपालको भौगोलिक अवस्थिति नै त्यस्तो छ । एकातिर चीन र अर्कातिर भारत छिमेकी रहेकाले ट्रम्प प्रशासनको अर्थनीतिको असर नेपालमा नपर्ने संभावना हुन्न । त्यसैपनि छिमेकी देशका शासकको सनकका कारण नेपालले ठूलै संकटहरू खेप्नु परेको इतिहास ताजा छ । छिमेकी देश र अमेरिका मात्र नभएर विश्वभर हुने उथल(पुथलको असर नेपालमा पर्नु स्वभाविक जस्तै बन्न पुगेको छ । किनकि हाम्रो अर्थतन्त्र परदेशप्रति बढी निर्भर हुँदै गइरहेको छ । मध्य पूर्वका देशहरूको युद्धको असर नेपालमा पर्नु त्यसैको उदाहरण हो । तर यति ठूलो संकटतर्फ हाम्रा नेतृत्वको ध्यान गएको देखिदैन । शीर्ष नेताहरुको ध्यान सत्तामा मात्र केन्द्रीत हुँदा एउटा चुनाव नसकिदै अर्को चुनाव जित्ने रणनीति दलहरु दखिन्छन् । 

ADVenergy

सम्बन्धित खबर

Advertise