काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक महिला टी-२० क्रिकेटमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनाएको हो ।
नेपालका लागि पूजा महतोले अर्धशतकीय इनिङ खेलिन् । उनले ५१ बलमा नटआउट ६२ रन जोडिन् । उनले ४३ बलमा चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेकी थिइन् । उनी त्रिवि त्रिकेट मैदानमा अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा अर्धशतक बनाउने पहिलो महिला खेलाडी बनिन् ।
यस्तै कप्तान इन्दु बर्माले ३९, रुबिना क्षेत्रीले २० रन बनाए । नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ्गले २ विकेट लिइन् ।