२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

काठमाडौंमा ‘इन्टर स्कुल नेसनल स्केट प्रतियोगिता’ हुने

hardik ivf
मध्यान्ह
२०८१ माघ २३ गते १६:२६
काठमाडौंमा ‘इन्टर स्कुल नेसनल स्केट प्रतियोगिता’ हुने

काठमाडौंः काठमाडौंमा आगामी शनिबार ‘इन्टर स्कुल नेसनल स्केट प्रतियोगिता’ हुने भएको छ । ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजना र राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ सङ्घसँगको सहकार्यमा आगामी शनिबार दोस्रो ज्ञान संस्कार इन्टर स्कुल नेसनल स्केट प्रतियोगिता हुन लागेको हो ।

आज आयोजित पत्रकार सम्मेलनमार्फत ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी प्रधानाध्यापक नीलम बानियाँ बडूले प्रतियोगितामा नेपालभरिका विभिन्न विद्यालयबाट दुई सयभन्दा बढी विद्यार्थीको सहभागिता रहने जानकारी दिइन् । विद्यालयस्तरमा सञ्चालन हुने प्रतियोगिताले विद्यार्थीमा उत्साह जगाउनुका साथै राष्ट्रियस्तरका खेलतडी उत्पादनमा सहयोगी हुने उनले विश्वास व्यक्त गरिन् । 

युवामाझ लोकप्रिय बन्दै गरेको नेपाली स्केटिङ खेल आधिकारिक रूपमा विश्वस्तरमा प्रतिस्पर्धा गर्नसक्ने बनोस् भन्ने उद्देश्यले विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको प्रअ बडूले उल्लेख गरिन् । राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ सङ्घका महासचिव सत्य थापाले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा सञ्चालन हुने स्केटिङ प्रतियोगितामा सहभागी गराइने बताए । प्रतियोगितामा देशभरका धेरैभन्दा धेरै विद्यालयबाट सहभागिता रहोस् भन्ने उद्देश्यले प्रचारप्रसार गरिरहेको उनको भनाइ छ ।

आगामी शनिबार हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ उद्घाटन गर्ने कार्यतालिका रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र तथा द्वितीय र तृतीय हुने खेलाडीलाई प्रमाणपत्र र मेडल उपलब्ध गराइने छ । साथै सहभागी सम्पूर्ण विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise