सिरहा : कक्षा ७ मा अध्ययनरत बाल गायक अग्रज भट्टराईको ‘बादलमा बुट्टा’ गीत यूट्युब च्यानलबाट सार्वजनिक भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का बुबा मीन भट्टराइ र आमा जुनु भट्टराईका कोखबाट जन्मिएका अग्रज बहुप्रतिभाशाली बाल गायक हुन् । सानै उमेरदेखि संगीतमा रुची राख्ने अग्रज बहुप्रतिभाशाली साथै अध्ययनमा पनि उत्तिकै अब्बल छन् । उनी संगीतको आदर्श र प्रेरणाको स्रोत गुरु क्षितिज कुलुङलाई मान्छन् ।
गायक अग्रजको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा प्रकृतिसँग सम्बन्धित विभिन्न विषयमा बाल जिज्ञासा राखिएको छ । गीतमा कवि तथा गीतकार टंक भट्टराईको शब्द र प्राज्ञ तथा वरिष्ठ गायक शान्तिराम राईको संगीत रहेको छ ।
यसअघि बाल गायक अग्रज भट्टराईको स्वरमा रहेको गीत ‘सबै भन्छन’ सार्वजनिक भएको थियो । ‘बादलमा बुट्टा’ गीत अग्रजको स्वर रहेको दोस्रो गीत हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies