२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

मलेसियामा यौन दुर्व्यवहारको अभियोगमा २ नेपाली पक्राउ

hardik ivf
तिलोचन गौतम
२०८१ फागुन २९ गते ०६:२०
मलेसियामा यौन दुर्व्यवहारको अभियोगमा २ नेपाली पक्राउ

मलेसिया : मलेसियाली महिलामाथि यौन दुर्व्यवहारको अभियोगमा २ जना नेपाली पक्राउ परेका छन् । उनीहरूले मलेसियाली महिलामाथि गरेको दुर्व्यवहारको २ मिनेट ३९ सेकेन्ड लामो एउटा भिडियो भाइरल भएको मलेसियाको स्टार अनलाइनले जनाएको छ ।

भिडियोमा अपार्टमेन्ट ब्लकमुनि १ जनाले महिलालाई यौन दुर्व्यवहार गरेको र २ जना नेपाली मिलेर ती महिलालाई उनको निवाससम्म पिछा गरेको देखिएको शाह आलम ओसीपीडीका सहायक कमिस्नर मोहम्मद इकबाल इब्राहिमले बताएका छन् ।

समाचारमा नेपाली संदिग्धहरूले पीडितको घरको अगाडिको ग्रिल समातेर उनलाई बाहिर निस्कन बोलाएर आक्रामक व्यवहार गरेपछि  पीडितले डराएर मदतका लागि आफ्नो काकालाई गुहारेको उल्लेख छ । एसीपी मोहम्मद इकबालले पक्राउ परेका नेपाली ३८ र ४४ वर्षका दुवै पुरुष भएका र उनीहरूसँग कुनै पहिचान खुल्ने कागजात नभएको तथा अवैधानिक र बेरोजगार अवस्थामा रहेका पाइएको बताए ।

उनीहरूलाई २७ फेब्रुअरीदेखि १२ मार्चसम्म १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको बताइएको छ । उनीहरूविरुद्ध मलेसियाली दण्डसंहिताको धारा ५०९ र अध्यागमन ऐन, १९५९/६३ को धारा ६(१)(ग) अन्तर्गत मुद्दाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

उक्त दफाअनुसार कसैले कुनै व्यक्तिको गोपनीयतामा हस्तक्षेप गरे त्यस्तो व्यक्तिलाई न्यूनतम ५ वर्षसम्म कैद वा जरिमाना वा दुवै सजाय हुने व्यवस्था छ । मलेसियामा मूलतः नेपाली कामदारले मिहिनेती, इमानदार र बफादारको छवि बनाएका छन् । तर, यस प्रकारका घटनाले वर्षाैं लगाएर बनाएको छवि धुमिल हुन सक्ने कतिपय नेपाली संघसंस्थाका अगुवाहरू बताउँछन् ।

ADV

सम्बन्धित खबर

Advertise