२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने ३ जना पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ माघ २४ गते १८:२४
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने ३ जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४ घर भइ काठमाडौं महानगरपालिका–१६ बस्ने २७ वर्षीया हिमकला खाम्चा मगर, चितवन खैरहनी नगरपालिका–२ घर भइ काठमाडौं तार्केश्वर नगरपालिका–१० मनमैजु बस्ने ४१ वर्षीय बलराम सिलवाल र नवलपरासी पूर्व कावासोती नगरपालिका–७ घर भइ काठमाडौं महानगरपालिका–३२ बस्ने ३५ वर्षीय दिपेश महतो रहेका छन् । 

पक्राउ मध्ये हिमकलाले सर्विया पठाइदिछु भन्दै १ जना पीडितबाट ८० हजार रूपैयाँ, बलरामले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र दिपेशले मलेसिया पठाइदिन्छु ‍भन्दै ४ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हिमकला र बलरामलाई काठमाडौं टेकुबाट बुधबार तथा दिपेशलाई काठमाडौं टेकुबाट मंगलबार पक्राउ गरेको हो । 

पक्राउ मध्ये हिमकला र बलरामलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा दिपेशलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ

ADV

सम्बन्धित खबर

Advertise