काठमाडौं : कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँकेका दुई र मोरङमा एक जना संक्रमितको मृत्यु भएको हो ।
नेपालगन्जस्थित मेडिकल कलेज अस्पतालका कर्मचारीसहित थप दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगञ्जका ४१ वर्षीय पुरुष र कोहलपुर नगरपालिका १० का ५३ वर्षीय पुरुष रहेका छन् । नेपालगन्जका ४१ वर्षीय पुरुष नेपालगन्जस्थित मेडिकल कलेज अस्पतालका कर्मचारी हुन् ।
त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा धरानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
त्यस्तै विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा सोमबार दिउँसो उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ । सुनसरीको दुहवी नगरपालिका ५ का ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
योसँगै प्रदेश एकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । नेपालमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय ८५ पुगेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies